माघी पर्व २०८०को अवसरमा मख्यमन्त्री राजकुमार शर्माले दिनुभएको शुभकामना सन्देश
माघ १ सुर्खेत
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले माघी पर्व २०८० को अवसरमा कर्णाली प्रदेश वासी हरुमा शुभकामना सन्देश दिनुभएको छ।
थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना सन्देश दिनुभएको हो।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक नेपाल देश भित्रका जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् ।
माघी पर्व हाम्रो मौलिक पर्व रुपमा मनाउने पर्व हो । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी र नयाँ वर्षको रुपमा मनाउँछन् । कर्णालीमा महत्वपूर्ण पर्वका रुपमा मनाइने माघे संक्रान्ति नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने , क्षेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
तिल, तरुल, घीउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रुपमा माघीलाई लिइन्छ ।
कर्णाली प्रदेशमा भौगोलिक, जातीय सास्कृतिक विविधतामा आधारित हाम्रा सम्पत्तीका रुपमा रहेका भाषा, धर्म, संस्कृति र चाडपर्वहरूको आफ्नो विशिष्ट पहिचान र एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने परम्परा रहेको छ ।
हरेक जातिको आ–आफ्नै सांस्कृतिक मूल्य मान्यता र प्रचलित मौलिक चाड पर्वले चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यस्ता मौलिक चाडपर्वका सकारात्मक पक्षलाई आत्मासत गरी प्रवद्र्धन गर्नु हामी सवैको दायित्व रहेको छ । अन्त्यमा, यस पर्वले आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वासका साथ यो पर्वले सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना ब्यक्त गर्नुभएको ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा