दलाल र भ्रष्ट्राचारीका विरुद्ध जनता लाइ जोड्न सक्नेपार्टी निर्माण गर्नु पर्छः प्रदेश इन्चार्ज यादव

दलाल र भ्रष्ट्राचारीका विरुद्ध जनता लाइ जोड्न सक्नेपार्टी निर्माण गर्नु पर्छः प्रदेश इन्चार्ज यादव

साउन ३२ सुर्खेत

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र पार्टी उपमाहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका यादवले माओबादी केन्द्र दलाल र भ्रष्ट्राचारीका वीरुद्ध जनता लाइ जोड्न सक्ने पार्टी निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र पार्टी उपमाहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज यादवले प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति संग भेटघाट कार्यक्रममा माओबादी केन्द्रमा जनयुद्ध जस्तो प्रस्ट कार्यनिति बिचार र संगठन र योजनाको कमि भएको र पार्टीको आन्दोलनको कार्यदिशा  प्रस्ट नभएको बताउदै अहिले पार्टी भित्रको मुख्य समस्या आन्दोलनको समस्या भएकाले दलाल र भ्रष्ट्राचारीका वीरुद्ध जनता लाइ जोड्न सक्ने पार्टी निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो।

पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व  गरेको भ्रष्ट्राचार विरुद्धको लडाइमा एकताबद्ध भइ माओबादी पार्टी फेरी एकपटक दलालका वीरुद्ध जनतालाइ जोड्न सक्ने पार्टी निर्माण गर्न माओबादी केन्द्रका नेता जनताको बुकुरोमा बस्ने जनता संगै पार्टी निर्माण लाग्न निर्देशन गर्नु भयो।

अहिलेका पार्टीबाट निर्वाचित मेयर वडा अध्यक्षले पार्टी भुल्न थालेका छन नेता र नेतृत्व प्रति समस्या मात्रै ल्याउने तर जिम्मेवारी नलिने जस्ता समस्या सामाधान गर्न पार्टी सत्ता र सरकार सञ्चालनको प्रस्ट निति नभएकाले नेता कार्यकर्ताले दिएका सुझाव सल्लाह पनि ग्रहण नगर्ने समस्या हाम्रै सामु भएकाले यसको सहि सामाधान ३ महिने अभियानबाट हुने बताउनु भयो।

हिजोको कर्णाली माओबादी पार्टी अहिले पनि जिवित भएको जीकिर गर्दै कर्णालीमा माओबादी पार्टी एक नं छ तर  पार्टीमा आन्दोलनको समस्या पनि छ यसको मुल कारण पत्ता लगाउन पुरानो कर्णालीको माओबादी पार्टीबाट समिक्षा गर्दै ब्यक्ति मोह भन्दा सामुहिकतामा पार्टी खोज्न निर्देशन गर्नु भयो।

जनता भएर नै क्रान्ती सफल भएको र अहिले नेता सहर मुखि गाउ रित्तै भएकोले जनता संग माओबादी केन्द्र बिशेष रुपान्तरण अभियायनमा सबै नेता कार्यक्रतालाइ घोलबन्द हुन आग्रह गर्नु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता