सल्यानकाे बनगाड कुपिन्डेमा माेर्चाकाे भेला तथा प्रशिक्षण

सल्यानकाे बनगाड कुपिन्डेमा माेर्चाकाे भेला तथा प्रशिक्षण

सल्यान १८ भदाै

सल्यानकाे बनगाड कुपिन्डे नगरपालिकामा नेपाल दलित मुक्ति माेर्चाकाे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।

विज्ञापन

नेपाल कम्पुनिष्ट पार्टी मा‌ओबादी केन्द्र कर्णाली प्रदेश समिती उपाध्यक्ष तथा बनगाड कुपिन्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथाेकी काे प्रमुख आथित्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे।

प्रशिक्षण कार्यक्रममा बाेल्दै बुढाथाेकीले सल्यान जिल्लामा दलित समुदायकाे जनसंख्या करिव एक तिहाइ भए पनि नेता र नेतृत्वमा अरु दल भन्दा मा‌ओबादी पार्टीमा रहेकाेले दलित मुक्तिमाेर्चा आन्दाेलनबाट जन्म लिएकाले यसले समाजमा हुने सबैखाले उत्पिडनका बिरुद्ध आन्दाेलन गर्न आबश्यक रहेकाे बताए।

उनले भने जातिय उत्पिडन साँस्कृतिक तथा धार्मिक र राजनैतिक उत्पीडनमा दलित समुदाय अझै पिँधमा भए जस्ताे देखिने भएकोले स्थानीय सरकारबाट दलित समुदायका पेशा व्यवसाय र संस्कृतिलाई संरक्षण गर्न नगरले याेजना बनाएकाे बताए।

उनले भने अब माेर्चाका सबै अवयहरु लाइ आसन्न मंसिर ४ गते हुने निर्वाचनमा क्रियाशिल बनाउन माेर्चाले सकृय भुमिका खेल्नु पर्ने बताए।

कार्यक्रममा बिशिष्ट अतिथी प्रदेश सदस्य तथा माेर्चाका जिल्ला इन्चार्ज तिलक बिक ले सल्यान जिल्लामा दलित समुदायकाे भुगाेल र जनसंख्यालाइ कुनैपनि दलले स्थापित गर्न नसकेकाेले अब हुने निर्वाचनमा दलित समुदायबाट प्रत्यक्ष उम्मेदवारमा माेर्चाकाे दावी नरहे पनि समानुपातिक रुपमा पार्टीले ग्यारेन्टी गर्नु पर्ने बताए।

नगर अध्यक्ष कृति बहादुर राना दिप ले पार्टी र सरकारले दलित सवालका बारेमा ध्यान दिनुपर्ने बताए। अहिले नेता र नेतृत्व सरकारमा भएकाे बेला दलित समुदायकाे सवाल र समस्यामा ध्यान दिन आग्रह गरेका थिए।

माेर्चाका जिल्ला संयाेजक मानसिहँ बिककाे बिशेषा उपस्थिती रहेकाे भेला तथा प्रशिक्षणमा गणेश परियारकाे संयाेजकमा १३ सदस्यीय नगर सम्मेलन आयाेजक समिती गठन गरेकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता