सल्यानका एक मनकारी घरबेटी जसले ४६ हजार काेठाभाडा छुट गरे

सल्यानका एक मनकारी घरबेटी जसले ४६ हजार काेठाभाडा छुट गरे

सल्यानका एक घरबेटीले ४६ हजार काेठाभाडा छुट गरेका छन। शारदा नगरपािलका वडा नं १ सल्यान निवासी क्षेत्र बहादुर विकले काेठा बहाल बस्दै आएका हिरा सिहँ विष्ट, अंगत वली, हिरा बुढाथाेकी ,नविन बस्नेत सहित चार जना काे एक महिनाकाे काेठाभाडा छुट दिएका हुन। उनकाे श्रीनगर वजारमा रहेकाे पक्की घरकाे ४ वटा सटरकाे मासिक ४६ हजार हुन आउने भाडा छुट गरेकाे बिकले बताए।काेराेना महामारीका कारणले गत बैशाख १९ गते देखी सल्यानमा निशेधज्ञा सहितकाे लकडाउन भए लगतै बजार कलकारखना तथा यातायात ब्यबसायीहरु ठप्प छन। काराेना महामारीमा ब्यबसाय सञ्चालन नहुदा मारमा परेका ४ जना ब्यबसायीलाइ एक महिनाकाे राहत स्वरुप घरभाडा छुट गरेकाे उनले बताए।

उता बिकले घरभाडा छुट गरे लगतै सल्यान उद्याेग बानिज्य संघ सल्यानले मनकारी घरबेटी क्षेत्र बहादुर विकलाइ सुचना प्रकाशन गरी धन्यबाद दिएकाे छ। काराेना महामारीकाे कारणले उद्याेग ब्यबसाय अस्तब्यस्त भएकाे समयमा उद्याेगी ब्यापारी हरुकाे ब्यबसाय बन्द रहेकाे अबस्थामा घरधनिवाट राहत स्वरुप घरभाडा छुट गरी ब्यबसायी प्रति भएकाे सहयाेग तथा सदभाव प्रति सल्यान उद्याेग बानिज्य संघ ले धन्यबाद दिएकाे सुचनामा जानकारी गरिएकाे छ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता