कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले बाडयाे २६सय आँपका विरुवा

कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले बाडयाे २६सय आँपका विरुवा

कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले आर्थिक बर्ष ०७७ र०७८काे बिनियाेजित वार्षिक बजेट बाट २६ सय आँपका कलमी विरुवा वितरण गरेकाे छ। गाउपालिका भित्रका ३६ वटा समुह बाट २सय घरपरिवारलाइ लावान्धित हुने गरी मागमा आधारित सुचनाकाे आधारमा पचास प्रतिशत अनुदानमा उक्त विरुवा वितरण गरिएकाे कृषि शाखा प्रमुख बुद्धी बहादुर वलीले जानकारी दिनुभयाे।

गाउपािलकाकाे उल्लेखित फलफुल उत्पादन क्षेत्रकाे जग्गा वाजाे भएकाे र उक्त जग्गा सदुपयाेग गर्न र वेराेजगार युवालाइ फलफुल खेतीमा आक्रर्षण गरी आर्थिक आत्मनिर्भर बनाउन प्रत्येक वर्ष फलफुलका विरुवा वितरण गरिएकाे वलीले जानकारी दिनुभयाे।

विज्ञापन

फलफुल तथा तरकारी खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएकाे कृषि शाखाले बगैचा विस्तार गरी नगदेआम्दानीकाे लागी ३६ वटा समुहकाे २ सय घर परिवारलाइ ११सय अम्रपाली,३सय बम्बइ, १२सय दसरी जातका आँपका विरुवा वितरण गरिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता