डाेटीमा दलित सञ्जाल गठन

डाेटीमा दलित सञ्जाल गठन

२०७८ भदाै १० गते डोटी 

डोटीको आदर्श गाउँपालिकामा दलित सञ्जाल गठन गरिएको छ । आइतबार गाउँ पालिका केन्द्र मौवामा भेला भएका पालिकाभरीका दलित अगुवाहरूको भेलाले दलित सञ्जाल गठन गरेको हो ।

विज्ञापन

गाउँकार्यपालिका सदस्य मान बहादुर दमाईको अध्यक्षतामा भएको भेलाले शंकर नागरी अध्यक्ष रहेको पालिका स्तरीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा घिउरे नेपाली र सचिवमा लाल बहादुर नेपाली रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा धारु देवि बिक, सदस्यहरूमा धनि नेपाली, टिका बिक, कमलि नेपाली कटे बिक, र भगि नेपाली रहेका छन् ।

भेलाको अध्यक्षता गरेका कार्यपालिका सदस्य दमाईले पालिका भित्रका दलित समुदायको क्षमता अभिवृद्धिमा सञ्जालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने सञ्जाललाई दलित समुदायका समस्या पहिचान गरी समाधान गर्न पालिका र वडालाई समन्वय गर्न समेत आग्रह गरे

कार्यक्रमका प्रमुख अतिथी गाउपालिका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष लाल बहादुर खडायतले दलित समुदायप्रति पालिका सकारात्मक रहेको भन्दै आगामी दिनमा आफुबाट र पालिकाबाट सहयोगको प्रतिबद्धता व्यक्त गरे । दलित समुदायको चेतना बिकास हुदै जादा विभेद घट्दै जाने उनले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता