दाङको एक मन्दिरमा राखियाे दलित महिला पुजारी

दाङको एक मन्दिरमा राखियाे दलित महिला पुजारी

२०७८ श्रावन १० दाङ

बषौँ देखि हाम्रो समाजमा दलित जातीलाई मन्दिर या पाटी पौवामा जान नपाउने र दलित समुदायलाइ पुजारी त पुजा नै गर्न नदिने मानसिकतामा रहेकाे गैरदलित समुदायबाट नै दाङकाे एक मन्दिरमा दिलत महिला मुल पुजारीकाे रुपमा मन्दिर ब्यबस्थापन समितीले नियुक्ती गरेकाे छ।

विज्ञापन

सताब्दीयाै बिति सक्दा पनि दलित समुदायले मठ मन्दिरहरुमा पुजा पाठ गर्न रोक लगाइएकाे हाम्राे समुदायमा कतिपय यस्ता स्थान पनि छन दलित समुदायले सहजै प्रबेश गर्न नपाउने दलित समुदायकाे लागी समाज रुपान्तरकाे लागी पण्डित दिलबन्धु पोख्रेल ले दलित पुजारी नियुक्ती गरे सगै दाङमा पनि मठमन्दिरमा पुजाआजाका लागि रोक लगाउने नभई दलित समुदायकै प्रतिनिधिलाई पुजेरीको रुपमा राखिएकाे हाे ।

घोराही उपमहानगर पालिका वडा न. १८ दिपज्योती टोल मसिनाको सामुदायिक मन्दिरमा दलित नै मुल पुजारी बनेपछि जातिय बिभेद तथा समाजिक र धार्मिक विभेदलाइ अन्त्य गर्न एक बलियाे प्रमाण दाङ दिएकाे अध्यक्ष ज्ञान बहादुर रायमाझीले बताउनुभयो

२०७२ सालमा स्थानीय पार्वती बि.क लाई माता उत्रिएपछि २०७२ फागुन २७ देखि उहाँलाई नै मुल पुजारीको रुपमा राखिएको थियो । तर पार्वती अरु नै मन्दिरमा गएपछि अहिले त्यस मन्दिरमा पुन दलित समुदायकै स्थानीय रिता नेपालीलाई मुल पुजारीको रुपमा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर रायमाझीले बताउनुभयो ।

समाजमा रहेको जातिय भेदभावको पर्खाल तोड्नुपर्छ भन्ने हामीलाई लाग्यो,दलित पनि यही समुदायमा बसेर मन्दिर भित्र समेत पस्न नपाउने कस्तो अन्याय भनेर हामीले दलित समुदायबाटै मुख्य पुजारी राख्ने निणर्य गरेर सोही अनुसार गरेका छौँ, रायमाझीले भन्नुभयो । उक्त मन्दिरमा पुजाआजाका लागि अन्य समुदायका मानिसहरु पनि आउने गरेका छन् । उनीहरुले पुजारीको हातबाट टिका,प्रसाद ग्रहण गर्ने र पुजाआजामा सलंग्न हुने गरेका छन् । यस्तो परम्परा देशभर सञ्चालन गर्न सके जातिय विभेद केही हदसम्म कम हुने रायमाझीले दुखेसो पोख्नुभयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता