सर्लाहीमा दलित किशाेरी बलात्कार गर्ने अभियुक्त कारागार चलान

सर्लाहीमा दलित किशाेरी बलात्कार गर्ने अभियुक्त कारागार चलान

असार १५ सर्लाही— सर्लाहीमा दलित किशोरीलाई बलात्कार गरेको अभियोगमा एक कथित उच्च जातका युवकलाई पुर्पक्षका लागि लागि सोमबार कारागार चलान गरिएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवलाई मुसहर (दलित) समुदायकी १७ वर्षीया किशोरीलाई अपहरण तथा जबर्जस्ती करणी गरेको मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

विज्ञापन

जिल्ला न्यायधिश रमेशकान्त अधिकारीको इजलाले उनलाई कारागार चलान गर्न आदेश दिएको हो। अधिवक्ता उमेश साहले गरेको थुनछेक बहसबाट अभियुक्तलाई कारागारमा राख्न आदेश दिइएको हो।

पीडकलाई कारबाही गराउन अधिकारमर्कीहरू विनिता कार्की, राजेश पासवान, राजन बैठा र महेश पासवानले विशेष पहल गरेको दलित अगुवा राजेश पासवानले जानकारी दिए।

बिहे गर्ने आश्वासन दिएर अभियुक्त शिवाले गत वैशाख ५ गते ती दलित किशोरीलाई घरबाट भगाएका थिए। दलित अधिकारर्मी राजेश पासवानका अनुसार शिवाले किशोरीलाई बाराको जितपुर लगेर २० दिनसम्म सँगै राखे र यौन शोषण गरे। त्यसपछि उनले किशोरीलाई उनकै घरमा ल्याएर छाडिदिए। तर त्यत्रो केटासँग बसेको भन्दै किशोरीका अभिभावकले उनलाई घरमा पस्न दिएनन्।

यसपछि किशोरी शिवाकै घरमा गइन्। तर शिवाका अभिभावकले पनि उनलाई तल्लो जातको भन्दै घर भित्रै पस्न दिएनन्। यसपछि अधिकारकर्मीको पहलमा पीडित किशोरीले युवकविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दा होलकी थिइन्।

बिहे गर्ने आश्वासन दिएर अभियुक्त शिवाले गत वैशाख ५ गते ती दलित किशोरीलाई घरबाट भगाएका थिए। दलित अधिकारर्मी राजेश पासवानका अनुसार शिवाले किशोरीलाई बाराको जितपुर लगेर २० दिनसम्म सँगै राखे र यौन शोषण गरे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता