कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

चैत १८ सुर्खेत

कर्णाली  प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने हुनुभएको छ ।

विज्ञापन

मुख्यमन्त्री शर्माले   मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले   जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लाग्नुभएको हो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता