बनगाड कुपिन्डे नगरपालिका द्वारा  ६५ घरधुरी नागरिकका घरमा  एक घर एक खानेपानी धारा निर्माण गरिदै

बनगाड कुपिन्डे नगरपालिका द्वारा ६५ घरधुरी नागरिकका घरमा एक घर एक खानेपानी धारा निर्माण गरिदै

माघ १३ सल्यान

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् ।

विज्ञापन

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन हुने पारदर्शिता, गुणस्तरीयता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिनका लागि सुस्वा योजनाहरुको पहिलो सामाजिक परिक्षण तथा अनुगमन तथा उपभोक्ता अभिमुखिकरण देखि उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी तालिम पनि सम्पन्न भए संगै योजनाहरु निर्माण चरणमा प्रवेश गरेको नगरपालिकाले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका, नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियनसँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ  तथा स्वच्छता (सुस्वा) योजना अन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन गरेको हो ।  नगरपालिकाको वास इकाईका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १२ मा माझखर्क स्वास्थ चौकी लिफ्ट खानेपानी योजनाको शनिबार उद्घाटन गरिएको छ । ६२ घरधुरी एक घर एक धारा,वडा कार्यालय, विध्यालय, स्वास्थ्य चौकी सहित ६५ धारा हुने जनाएको छ ।

एक करोड बराबरको लागतमा उक्त खानेपानी निर्माण हुने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताएका छन । खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा निकै महत्वपूर्ण योजनाहरु बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएकाले सबै योजनाहरुलाई गुणस्तरिय रुपमा समयमै सम्पन्न गर्नका लागि इमान्दार र जिम्मेवार पूर्वक लाग्न उपभोक्ताहरुलाई आग्रह गरेका छन । यस्तै योजना सम्झौताका शर्त, लागत अनुमान लगाएतका विषयमा जानकार भई प्रभावकारी योजना कार्यान्वयनका लागि सबै एक भएर लाग्न अनुरोध गर्नु भएको छ ।

साथै नगरपालिकाको विकट बस्तीमा आफुले पहिलो प्राथमिकता दिएर खानेपानी योजना अगाडि बढाएको समेत बताउनु भएको छ । नगरपालिका सवै बस्तिहरुमा खानेपानी पुर्याउने समेत उहाले बताउनु भएको छ । पुस्तौंदेखि देखि समस्या झेल्दै आएका निगाल्चुला माझखर्कक स्थानीय बासिहरु निकै हर्सित भएका छन । उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पुर्याउन सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा यस वर्ष ‘सुस्वा’ परियोजना अन्तर्गत ४ वटा खानेपानी योजनाको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा २०८०।०८१ मा बनगाड कुपिण्डे नगरपालिकामा ४ वटा खानेपानी योजना र ५ वटा शौचालय निर्माणका योजना सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।  कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, १२ न वडा अध्यक्ष लालबहादुर घर्ती लगाएत स्थानीय बुद्धिजीवी, स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता