सुनवलमा लुम्बिनी समता महिला विद्यालयको स्थापना

सुनवलमा लुम्बिनी समता महिला विद्यालयको स्थापना

बुटवल —शिक्षालाई उमेरले छेक्दैन भन्ने उद्घेश्य सहित जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारी नवलपरासीको सुनवल १ मा रहेको लुम्बिनी माध्यमिक विद्यालयमा लुम्विनी समता महिला विद्यालयको स्थापना भएको छ ।

कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती यादवले सुनवल नगरपालीकाले महिला नगरप्रमुख पाएकै कारण महिला विद्यालय स्थापना गर्न सफल भएको भन्दै बिद्यालयलाई सञ्चालन गर्न,विद्यार्थीहरुलाई बिद्यालय सम्म आउने र टिकाउने वातारण मिलाउन सबैको सहकार्य आवश्यकता रहेको बताए । विधिध कारणले औपचारीक शिक्षाबाट बञ्चित भएकाहरुलाई पुन अध्यनयनका लागि नगरपालीकाले माहोल सिर्जना गरेकोमा धन्यवाद दिदै सिकाई निरन्तर चलिरहने प्रक्रिया भएकाले यसलाई प्रयोग गरि महिलाहरुलाई यो अबसरको भरपुर फाईदा लिन समेत आग्रह गरे ।

विज्ञापन

विशिष्ट अतिथी सुनवल नगरपालीकाका प्रमुख विमला अर्यालले समग्र सुनवल नगरपालीकाको विकासका लागि भौतिक संगै मानवीय परिवर्तका लागि काम गरिरहेको बताउदै राज्यको पहुंचबाट बर्षौ देखि पछाडि पारिएका हरेक नागरिकले अपन्वत्व हुने गरि आगामि बर्षको बजेट ल्याउने तयारी रहेको बताईन ।महिला विद्यालयमा अहिले १०८ जना महिलाहरु भर्ना भएको भन्दै आगामि दिनमा विद्यार्थी संख्या बढाउन र टिकाउनका लागि पालीकाको तर्फबाट कुनै कसुर वाकी नराख्ने दावी गरिन । महिलाहरु सक्षम र आत्म निर्भर बन्नका लागि प्रयास गर्नु पर्ने भन्दै त्यसका लागि समन्वय र सहकार्य गर्न पालीका तयार रहेको बताईन् ।

कार्यक्रममा गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्काले महिलाहरु घर, समाज र राष्ट्र परिवर्तनको संवाहक भएको बताईन । उनले महिला सशक्तिकरणका लागि राज्यले खासै ध्यान पुर्याउन नसकेको भन्दै आगामी बजेटमा पालीकाले महिलाको चौतर्फी विकासका लागि आवश्यक बजेट विनियोजन गरि सिपमुलक तथा आयआर्जनमा आत्मनिर्भर बनाउने प्याकेजमा कार्यक्रम ल्याउनु पर्नेमा जाड दिईन । बिद्यालय स्थापना गर्नु आफैमा निकै चुनौतिपुर्ण भएको भन्दै विद्यालयमा महिलाहरु आउने र टिक्न सक्ने वातावरण निमार्ण गर्नका लागि आम सुनवलवासीलाई आग्रह समेत गरिन् ।

कार्यक्रममा सुनवल नगर उपप्रमुख सुर्य दुवे ,निवर्तमान नगर प्रमुख भिम बहादुर थापा, नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनी ,सामाजिक उपभोक्ता महासंघ केन्द्रिय सदस्य टिचन गुरुङ,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य केशव भण्डारी ,देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगाएतले बाल्दै पालीकाले भौतिक संरचनामा मात्र नभई मानवीय विकासमा ध्यान दिन जरुरी रहेको बताउदै शिक्षाको उज्यालोबाट वञ्चित रहेका महिलाहरुलाई शिक्षाको पहुंचमा पुर्याउन पालीकाले खेलेको भुमिकाको प्रशंशा गर्दै आगामि दिनमा यसलाई निरन्तरता दिन आग्रह गनर्सका साथै समाजमा हुने सबैखाले विभेद हटाउन हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।