सल्यानकाे बागचाैरमा ९ माझगाउँमा बिद्युत बल्याे १सय घरधुरी लाभान्वित

सल्यानकाे बागचाैरमा ९ माझगाउँमा बिद्युत बल्याे १सय घरधुरी लाभान्वित

भदाै १८ सल्यान

सल्यानकाे वागचाैर नगरपालिका वडा नं ९ माझगाउँमा बिद्युत बलेकाे छ।

विज्ञापन

जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर ९, माझगाउँमा विधुत लाइन एक कार्यक्रम गरी उद्घाटन गरे सगै करिब १सय घरधुरी लाभान्वित भएका छन।

शनिबार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बत्तीकाे स्वीच अनगरी उद्घाटन गरेका हुन ।

विधुत लाइन विस्तार पछि माझगाउँका करिब १ सय घरधुरी विधुत सेवा बाट लाभान्वित भएका हुन ।

विधुत लाइन उद्घाटन गर्दै बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले ले वडाकाे प्रमुख समस्याकाे रुपमा रहेको विधुत लाइन बिस्तार हुदा खुसी ब्यक्त गरे।

स्थानीय सरकार चुलाेकाे सरकार भएकाले निर्वाचनमा जुन दल बाट निर्वाचित भएर आएको भएपनि अब विकासका सवालमा सबै एक ढिक्का भएर लागेमा जनताका चाहाना अनुसारकाे विकास हुने उनकाे भनाइ छ ।

उनले वडाका सबै बस्तीहरूमा आफ्नो कार्यकाल भित्र विधुत लाइन बिस्तार गर्ने लक्ष्य लिएर काम गरिरहेकाले वडाका सबै नागरिक अब विधुतकाे पहुँचमा रहने बताए।

नगरएपालिकाले खानेपानी र विधुतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकाे बताए ।

कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) ले १२ वटा वडाका प्रत्येक गाउँ टाेलमा विधुत सेवा विस्तारका लागि काम गरिरहेको बताइन।

समिति मार्फत काम गर्न गार्‍हो भएकोले विधुत विस्तारलाई टेन्डर सिस्टममा लैजान आवश्यक रहेको बताउदै एकैचोटि सबै ठाउँहरुमा विधुत लाइन विस्तार गर्न नसिकिने भएकोले क्रमस सबै ठाउँमा विधुत विस्तार हुने हुदा धैर्य गर्न सबैलाई आग्रह गरिन।

विधुत प्रयाेग निकै जाेखिम हुने भएकोले सावधानी तरिकाले प्रयाेग गर्न सबैमा अनुरोध समेत गरिन।

वडा नम्बर ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगीकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य कमल डाँगी, महिला वडा सदस्य कल्पना डाँगी, दलित सदस्य लक्ष्मी दमाई विभिन्न राजनीतिक दलका नेता, पत्रकार र स्थानीयहरूकाे उपस्थिति रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता