सल्यानमा कृषि क्षेत्र बिकास कार्यक्रम(ASDP)को पालिका स्तरिय कार्यशाला गोष्ठी सम्पन्न
असार ८ सल्यान
सल्यानको बागचौर नगरपालिकामा कृषि क्षेत्र बिकास कार्यक्रम (ASDP)को पालिका स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) को पालिका स्तरिय योजना तथा प्रगति समिक्षा तथा सरोकारवालासँग M&E MIS सम्बन्धि गोष्ठी तथा कार्यशाला बागचौर नगरपलिकाको सभाहलमा सम्पन्न भएको हो ।
कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) अनुगमन, मुल्यांकन तथा ज्ञान व्यवस्थापन अधिकृत शिला अधिकारी देवकोटाले कार्यक्रमको उदेश्यमा प्रकास पार्दै उच्च मूल्य जाने कृषि मुल्य शृङ्खला (बाली र वस्तु) हरुको व्यवसाय उन्मुख र उत्पादन प्रणालीमा संलग्न साना कृषक तथा पिछडिएका ग्रामीण समुहहरुको आय, व्यय सुरक्षामा दिगो सुधार ल्याई नेपालको दिगो विकास लक्ष्यमा मर्यादित काम र आर्थिक वृद्धि प्राप्तिमा योगदान पुर्याउनु यसको महत्त्वपूर्ण उद्देश्य रहेको बताईन ।
अधिकारीले नगरपालिका भित्र गरेका सम्पुर्ण कामको प्रगति समिक्षा तथा योजना तर्जुमा सरोकारवालासँग M&E MIS सम्बन्धि प्रस्तुतीकरण समेत गरेकी थिईन।
कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) का कार्यक्रम अधिकृत प्रकाश पौडेलको अध्यक्षतामा सुररु भएको कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख जनकराज गौतम,बिशिष्ट अथिती उप-प्रमुख सुम्निमा डि.सी.(वली),को उपस्थिती रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, १२ वटै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,बिभिन्न शाखा प्रमुखहरु उपस्थिती रहेको कार्यक्रमको सहजीकरणा मुल्य श्रृखला तथा ब्यबसाय बिकास अधिकृत चन्द्र कार्की गरे गरेका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा