जंगलमा लागेकाे आगाे निभाउने क्रममा  सल्यानमा एक जनाकाे मृत्यु

जंगलमा लागेकाे आगाे निभाउने क्रममा सल्यानमा एक जनाकाे मृत्यु

असार ४ सल्यान ।

जंगलमा लागेकाे आगाे निभाउने क्रममा सल्यानमा एक जनाकाे मृत्यु भएकाे छ।

विज्ञापन

मृत्यु हुनेमा जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ डाडेकटेरीका अन्दाजी ५७ बर्षिय दल बहादुर बुढाथोकी रहेका छन।
शुक्रबार राति देखि दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा आगोको लप्कोले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडा अध्यक्ष जिवराज बोहोराले जानकारी दिए ।

उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकस बचाउने क्रममा दिउसो साढे १२ तिर आगोमा परेरे मृत्यु भएको बताइएकाे छ।

घटनाको अनुसन्धानको लागि जिल्ला बाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी सुमित खडकाले बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता