बनगाडमा बस्तीस्तरबाट छनाैट भएका याेजनालाई प्राथमिकता दिने

बनगाडमा बस्तीस्तरबाट छनाैट भएका याेजनालाई प्राथमिकता दिने

इन्द्र बुढाथाेकी, असार ४ सल्यान 

बनगाड कुपिन्डे नगरपालिकामा बस्ती स्तरबाट छनाैट भएका याेजनालाइ प्राथमिकता दिने निर्देशन गरिएकाे छ।

विज्ञापन

बनगाड कुपिन्डे नगरपालिकाकाे आर्थिक बर्ष ०७९,०८० काे बजेट कार्यान्वयनकाे लागि बसेकाे दाेस्राे नगरकार्यपालिकाकाे बैठकबाट वडा कार्यालय तथा बिषयगत शाखालाइ निर्देशन गरिएकाे हाे।

बैठकले आउदो नगर सभाबाट पारित गर्नकाे लागि स्रोत अनुमान तथा बजेट सिमा निरधारण समितिले प्रस्ताव गरेको बजेट सिमालाई सामान्य परिमार्जन गरी आगमि आर्थिक वर्ष २०७९र०८० का लागि योजना तथा कार्यक्रम प्रस्ताव गर्न वडा कार्यालय तथा विषयगत शाखालाई निर्देशन गरेकाे ३ न वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिएका छन।

साथै राजस्व परामर्श समितिबाट पेश भएको आर्थिक बर्ष २०७९/०८० का लागि प्रस्तावित कर तथा राजश्वका दर सहितको प्रतिवेदन संसोधन सहित, पारितका लागि आगमि नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।

मालपोत कार्यालय सल्यानबाट २०७९/०८० मा घर जग्गाको प्रयोजनका लागि घर जग्गाको न्युनतम मूल्याङ्कन (मूल्य निर्धारण) का लागि राय सुझाव माग भएकोमा २०७८/०७९ को मूल्याङ्कनको लागि नगरपालिका भित्रका सबै बजार क्षेत्रहरुको मालपोत कार्यालय सल्यानमा राय सुझाव पेश गर्ने भूउपयोग ऐन, २०७६ को दफा १८ को उपदफा २ बमोजिम सम्बन्धित नगर कार्यपालिकाका सम्पूर्ण सदस्यहरु भूउपयोग परिषद सदस्य रहनुहुने व्यवस्था भएकोले नगर कार्यपालिकिले नै भूउपयोग परिषदको रुपमा कामकाज गर्ने निर्णय गरेको प्रवक्ता पुनमगरले बताएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता