स्थानीय कच्चा पदार्थकाे प्रयाेगबाट सल्यानका युवायुवती स्वराेजार बन्दै

स्थानीय कच्चा पदार्थकाे प्रयाेगबाट सल्यानका युवायुवती स्वराेजार बन्दै

असार ३ सल्यान

स्थानिय कच्चा पदार्थकाे प्रयाेगबाट सल्यानका युवायुवती स्वराेजार बन्दै गएका छन।

विज्ञापन

स्थानिय कच्चा पदार्थकाे पहिचान र प्रयाेगले स्थानिय आयत खर्च घट्ने भएकाले स्थानिय कच्चा पदार्थकाे प्रयाेग सम्बन्धि तालिम पाए सगै सल्यानका युवायुवती स्थानिय कच्चापदार्थकाे प्रयाेग तर्फ आकर्षित हुन थालेका छन।

शारदा नगरपािलका वडा नं ९ काे आयाेजनामा स्थानिय कच्चा पदार्थ बाँसबाट आकर्षक सामग्री निर्माण तथा गुडिया निर्माण तालिम सिकिसकेका युवा युवती स्वराेजगार बन्न थालेका हुन।

युवा उद्यमी बिकास तथा आयआर्जन क्रियाकलापमा आत्मनिर्भर बनाउने उदेश्यले आयाेजना गरिएकाे गुडिया बनाउने र बाँसका सजावटका सामाग्री निर्माण सम्बन्धी तालिमले थप युवायुवतीलाई स्वराेजगार तर्फ आक्रर्षण बढाएकाे छ।

तालिमबाट सिकेको सिपलाई उपयोग गरी स्वरोजगार बन्ने सोच बनाएको गौरीलाल पुनले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ । सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका छौँ ।

स्थानिय कच्चा पदार्थकाे पहिचान र प्रयाेग गरी शारदा नगरपालिकाका युवायुवतीलाई स्वराेजगार बनाउने अभियान नै शारदा नगरपालिकाकाे भएकाले स्थानिय कच्चा पदार्थनै आयआर्जनका प्रमुख भएकाे नगरप्रमुख प्रकास भण्डारीले बताए। उनले भने स्थानिय सरकारले तालिम मात्र दिदैन ब्यबसाय गर्न प्राेत्साहन गर्न ब्यबसायिक अनुदान दिने भएकाले उद्यमबिकासकाे लागी सिकेकाे सिपलाइ तालिममा मात्र सिमित नराख्न बताए।

उपप्रमुख सुस्मिता सापकोटा सुनारले बेराेजगार युवायुतीकाे पहिचान गरी उद्यमशिलता बिकास गर्न स्थानिय श्राेतमा आधारित कच्चा पदार्थकाे प्रयाेगबाट आकर्षक सामग्री निर्माण गरी बजारिकरण गर्न नगरपालिकाले याेजना बनाउने बताइन।

कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत गोपाल वली, वडा अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीको उपस्थिति रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता