कालीमाटी गंगामाला मेलाको पुर्वसन्ध्यामा खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम उद्धघाटन

कालीमाटी गंगामाला मेलाको पुर्वसन्ध्यामा खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम उद्धघाटन

पुष१ सल्यान

कालीमाटी गंगामाला मेलाको पुर्वसन्ध्यामा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

विज्ञापन

कालीमाटी गाउपालिका स्तरिय खेलकुद बिकास समितीको आयोजना तथा कालीमाटी गाउपालिका सल्यानको आर्थिक सहयोगमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम उद्धघाटन गर्दै गाउपालिका अध्यक्ष दान बहादुर केसी ले धान्य पुर्णिमाको दिन पारेर प्रत्येक बर्ष लाग्ने कालीमाटी गंगामाला मेला स्थानिय मेला मात्र नभएको यो मेला कालीमाटी गाउँपालिकाको बिषेश साँस्कृतिक पहिचान झल्काउने साँस्कृतिक पर्व भएकाले यस मेलालाइ गाउपालिकाले स्थानिय साँस्कृतिक पर्वको रुपमा मनाउने योजना अनुसार मेलाको ब्यबस्थापन पालिकाले गरेको बताए।

उनले भने खेलकुद क्षेत्र एक राष्ट्रको सान भएकाले यो खेलकुद क्षेत्रमा सबैखालका खेल क्षेत्रमा पालिकाले खेलाडी उत्पादन गर्ने योजना रहेको बताए।

बिशिष्ट अथिती तथा गाउपालिका उपाध्यक्ष सहजशिलता वलीले स्थानिय साँस्कृतिको पहिचानको रुपमा कालीमाटी गंगामाला मन्दिरको काखमा रहेको कछुवा तालको समिटमा आयोना गरिने गंगामाला मेलाले कालीमाटी गाउपालिकाको पहिचान बोकेकोले यस क्षेत्रको प्रचार प्रसार गर्न साँस्कृतिक पर्वको रुपमा कालीमाटी गंगामाला मेला लाइ गाउपालिकाले बिशेष महत्वको रुपमा लिएकाले यसको प्रचार प्रसार सबैले गर्नुपर्ने बताइन।

उनले भनिन खेलकुदले खेलाडीको पहिचान बोकेको हुन्छ त्यो पहिचानलाइ राष्ट्रको विकास र योगदान गर्न सबै खेलाडी तयार हुनु पर्ने बताइन।

गाउँपालिका स्तरिय खेलकुद बिकास समिती लाल बहादुर रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एमाले कालीमाटी गाउ कमिटी अध्यक्ष केशर बुढाथोकी नेपाली काँग्रेस पार्टी सभापति गणेश के सी को उपस्थिती रहेको कार्यक्रममा सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन गणेश रावतले गरेका थिय। प्रथम पुरुस्कार रु ६० हजार द्धितिय पुरुस्कार रु ४० हजार  र तृतिय पुरुस्कार रु २५ हजार  प्रदान गरिने बिशेष साँस्कृतिक तथा खुल्ला भलिबल प्रतियोगितामा पौष ४ गते सम्म सञ्चालनहुने कार्यक्रममा  ९ वटा समुहले प्रतिस्पर्धा गर्नेछन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता