हुम्लामा मिनी ट्रक दुर्घटना हुदा दुइ जनाको मृत्यु

हुम्लामा मिनी ट्रक दुर्घटना हुदा दुइ जनाको मृत्यु

हुम्ला मंसिर २४

हुम्लामा मिनी ट्रक दुर्घटना हुदा दूइ जनाको घटना स्थलमा नैं मृत्यु भएको छ।

विज्ञापन

नेपालगंञ्जबाट हुम्लाका लागी हिडेको मिनिट्रक कर्णाली करिडोर अन्तरगत कालीकोटको जगन्नाथ गाउँपालिका–६ काप्णीमा रहेको गर्जेगाड भिरबाट खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा बाँके घर भएका ४२ वर्षीय ट्क चालक मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का सहचालक विपी शाही रहेको जुड्डी प्रहरी चौकी प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले बताए।

भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक गर्जेगाडको भीरबाट करिब ५०० मिटर तल खसेको छ

मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक ठगुन्नाले जानकारी दिएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता