दाङ प्रदेश सभामा गठबन्धनका मास्की ,खनाल र न्याैपाने विजयी अन्य क्षेत्रमा गठबन्धनकाे अग्रता
मंसिर ८ दाङ
माओबादी केन्द्रका नेता धन बहादुर मास्की (राजेश) दाङ क्षेत्र नं ३ (२)प्रदेश सभा बाट विजयी भएका छन।
गठबन्धनका साझा उम्मेदवार मास्की २२ हजार ३ सय २१ मत प्राप्त गर्दै विजयी भएका हुन।
उनका प्रतिद्धन्दी एमालेका हुकम बहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्दै दाेस्रो स्थानमा रहेका छन।
नेता मास्की र बस्नेतकाे मतान्तर २ हजार १ सय ६३ रहेकाे छ।
नेकपा माओबादी केन्द्र का पाेलिटब्युराे सदस्य मास्की पुर्व जनमुक्ति सेनाका डिभिजन कमान्डर हुन।
३ प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा रहेकाे दाङमा गठबन्धनका उम्मेदवार अग्रता रहेकाे छ। एक प्रतिनिधि सभा जितहात पारेकाे गठबन्धनले ३ वटा प्रदेश सभामा जिति सकेकाे छ।
प्रदेश सभा २(१)मा गठबन्धनका उम्मेदवार राजु खनाल १५ हजार ६ सय १६ मत प्राप्त गदै विजयी भएका छन। त्यस्तै प्रदेश सभा २(२)मा गठबन्धनका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने १७ हजार ४ सय ६९ मत प्राप्त गरी विजयी भएका छन।
प्रदेश सभा २(१) मा खनाललेका प्रतिद्धन्दी बलिभद्र रानाले १४ हजार ४सय ४९ मत प्रदेश सभा २(२)का न्यौपानेका प्रतिद्धन्दी गिरिराज के.सीले १६ हजार ६सय ९० मत प्राप्त गरेका थिए।
दाङमा गठबन्धकाे अग्रता भने कायमै रहेकाे छ।
प्रतिनिधि सभामा क्षेत्र नं १मा मेटमनि चाैधरीले अग्रता कायम गरेका छन। चाैधरीले १३ हजार ८१ मत प्राप्त गर्दा प्रतिद्धन्दी एमालेका शान्ता चाैधरीले ९ हजार ७ सय ८२ मत प्राप्त गरेकी छिन।
त्यस्तै प्रतिनिधी सभा क्षेत्र नं ३ मा दिपक गिरीले अग्रता कायम गरेका छन। गिरीले २३ हजार ८सय ३२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार काेमल वलीले १८ हजार ४ सय ९१ मत प्राप्त गरेकी छिन।
प्रदेश सभा तर्फ क्षेत्र नं १ (१)मा इन्द्रजित थारुले ७ हजार २सय २२ मत प्राप्त गर्दै अग्रता लिएका छन भने प्रदेश सभा १(२) मा अनुराग खडकाले १३ हजार २ सय ३२ मत प्राप्त गर्दै अग्रता लिएका छन भने प्रदेश सभा क्षेत्र नं ३ (१)मा डिल्ली बहादुर चाैधरी १७ हजार २२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा