समृद्धिको लागि दिगो वन व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सैनामैनामा सम्पन्न

समृद्धिको लागि दिगो वन व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सैनामैनामा सम्पन्न

डिजिएम नेपालको आयोजनामा आदिबासी जनजाती तथा स्थानीय समुदायको समृद्धिको लागि दिगो वन व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ ।
विश्व बैँक र नेपाल ग्रामीण पुर्ननिर्माण संस्था (आर.आर.एन)को आर्थिक सहयोग र डिजिएम नेपालको समन्वयमा नेपालको वन क्षेत्रमा आश्रित आदिबासी जनजाती तथा स्थानीय समुदायको उत्थानका लागि लुम्बिनी र मधेश प्रदेशमा परियोजना संचालन भएको छ ।

नेपालको वन विनाश तथा वन क्षयीकरणबाट हुने हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्ने (रेडप्लस)प्रक्रियामा सहभागी गराएर विभिन्न क्रियाकलापमार्फत् आदिबासी जनजाती तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परियोजना संचालन गरिएको परियोजना कोडिनेटर कविता तामाङ्गले जानकारी दिनुभयो ।

विज्ञापन

सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले परियोजनाले आदिवासी र स्थानीय समुदायलाई उद्यमशीलता र आर्यआर्जन र जीविकोपार्जन एवम् वन संरक्षण र दिगो वन व्यवस्थापनमा मदत पुग्ने बताउनुभयो ।
जल, जंगल र जमिनसँग प्रत्यक्ष रुपमा जोडिएकाले आदिवासी समुदायको उत्थानका लागि यो परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गनुर्भयो । वनपाखा सँग नजिकै रहेका यो समुदायले वनसँग तरकारी खेती, पातबाट टपारी बनाउने, वनजंगलबाट उत्सर्जित पातहरुबाट मलखाद उत्पादन गरेर आयआर्जन र आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । साथै उहाँले वातावरण संरक्षणका लागि वृक्षरोपण गरेर हराभरा बनाएर वनमार्फत समृद्धि हासिल गर्न सक्ने समेत बताउनुभयो ।

सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले आदिवासी जानजाति समुदायले अनुदानमा आधारित यस परियोजनाबाट लाभ लिन आग्रह गर्नुभयो । स्थानीय रैथने जानजाति समुदायले परम्परागत सिपलाई व्यवसायीक किसिमबाट यस परियोजनाबाट जोडिएर जिवनस्तर सुधार गर्ने हिसावले अगाडी बढ्न आग्रह गर्नुभयो ।वनमा आश्रित व्यक्ति तथा स्थानीय समुदाय, आमा समुह, संघसंस्थाले सक्रिय सहभागि भएर परियोजनाका लागि मात्र नभएर व्यावसायीक रुपमै सिप र क्षमताको विकास गरी दिर्घाकालिन रुपमै सफल उद्यमी बन्न सुझाव दिनुभयो ।

लुम्बिनी र मधेश प्रदेशका ५० ओटा पालिकामा आदिवासी जनजाति समुदाय वनमा आश्रित समुदायको आर्थिक आम्दानी बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न परियोजना संचालन भएका छन् भने रुपन्देहीमा सैनामैना, देवदह र लुम्बिाी साँस्कृति नगरपालिका र कञ्चन गाउँपालिकमा यो कार्यक्रम लागु गरिएको छ ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा, सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनम थापाले बोल्दै परियोजनाले वनमा आश्रित व्यक्ति तथा स्थानीय समुदायलाई आर्थिक रुपमा बालियो बनाउन सहयोग पुग्ने बताउनुभयो साथै वन संरक्षणका लागि ल्याइएको कार्यक्रमलाई आपश्यक सहयोग पालिकाबाट गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
परियोजना वनमा आधारित उद्यमका बारेमा डाक्टर शुरेस तामाङ्गले सहजीकरण गर्नुभएको थियो ।