कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसी
जेठ १ सुर्खेत
कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री महेन्द्र केसीले कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्ने बताउनु भएको छ।
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा बीमा प्राधिकरणको ५६औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री केसीले कर्णालीको समृद्धिका लागि बीमा कार्यक्रालाइ चेतना संग जोड्न आवश्यक रहेको बताउनु भएको हो।
मन्त्री केसीले कर्णाली समृद्धिको एक आधार बीमा हो तर बीमा कर्णाली प्रदेशका सबै जनताको पुहँचमा नभएको जीकीर गर्दै बीमाकार्यक्रमले ग्रामिन क्षेत्रका सबै जनतालाइ जोड्न प्रदेश सरकार प्रतिबद्ध भएको बताउनु भयो।

कर्णाली भौगोलिक विकटता छ यसमा सबैको सहमती छ तर विकटता देखाएर बीमाले पनि सुर्खेत मात्रै देखेर बीमा नागरिकको पुहँच नहुने बताउदै बीमा हुम्ला डोल्पा र कालिकोटका बिकट बस्तीमा पुग्ने कार्यक्रम र योजना बनाउन मन्त्री केसीले प्राधिकरणका कार्यलय प्रमुख सहित सरोकारवालाहरुलाइ निर्देशन गर्नुभयो।
बीमा कार्यक्रममा चुनौती छन तर गरिवि र चेतनाको कमी प्रमुख चुनौतीमा रहेको छ मन्त्री केसीले भन्नुभयो यसका लागि नितिगत सुधार प्रक्रियागत सुधार गर्दै जनताको सहभागीतामा पुहँच पुर्याउन प्रदेश सरकार तयार भएको बताउनु भयो।

बीमाले आर्थिक क्रियाकलाप संग पनि सम्बन्ध राख्ने भएकाले कर्णाली किसानको पशुधन तथा तरकारी र फलफुल ब्यबसायमा बीमा कार्यक्रमले ध्यान दिन सुझाउनु भयो।
बीमाले जीवन रक्षा मात्रै गर्दैन यसले जोखिमको सुरक्षा गर्ने भएकाले बिश्व श्रमवजारमा रहेको नेपाली श्रम शक्ती र नेपाली मौलिकताको श्रम शक्तीलाइ बीमाको पहुँच पुर्याउन सके प्रदेश समृद्धि हुने बताउनु भयो।
#कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसीसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा