बर्साै भाेक चलन गरेकाे जग्गा सुकुम्वासीका नाममा नभएकाे भन्दै दाङमा बिराेध

बर्साै भाेक चलन गरेकाे जग्गा सुकुम्वासीका नाममा नभएकाे भन्दै दाङमा बिराेध

२०७८ श्रावन २३ सन्जु देवि परियार

बर्साै भाेक चलन गर्दै आएकाे जग्गा सुकुम्वासीकाे नाममा नभएकाे भन्दै दाङमा बिराेध जनाइएकाे छ।

विज्ञापन

दाङ जिल्लामा सरकारले गरेको भुमी सम्बन्धि समस्या समाधान गर्ने निर्णयप्रती असन्तुष्टि जनाउदै नेपाल भुमिहिन सुकुम्बासी संगठनले बिरोध गर्दै आज पत्र बुझाएको छ।

देशका विभिन्न ठाँउका गरिब , असाहाय , निमुखा भुमिहिन जनताहरुको एकमात्र आशा सरकार संग राखेकाे र आफुले भोगचलन गर्दै आइरहेको जग्तगा छ तर लालपुर्जा आफ्नो नाममा नभएकाे भन्दै बिराेद गरेका छन ।

सरकारको पहिलेको नीति र योजनाले ती जग्गाधनी जसले जग्गामा खेती गर्दै आएका छन तर जग्गाको लालपुर्जा भने अरुकै नाममा भएकाे र वास्तविक सुकुम्वासीकाे नाममा पाएका छैनन तिनिहरुका लागि जग्गा नाप गरि लालपुर्जा समेत दिने भन्ने कुरामा सरकार फेरिए संगै ती सुकुम्बासी हरुको आशा पनि तुहिएर गएको बताइएकाे छ ।

आफुहरुले भोगचलन गर्दै आएको जग्गा अब आफ्नै नाममा पाइने भइयो भनेर आशामा बसेका ती भुमिहिन सुकुम्बासी जनताको लागि सरकारले अहिले गरेको निर्णय पुर्ण रुपमा अन्याय भएको भन्दै नेपाल भुमिहिन सुकुम्बासी संगठनले सरकार लाइ आफ्नो निर्णय फिर्ता लिइ पुनः भुमिहिन सुकुम्बासी जनताको पक्षमा निर्णय लिनुपर्ने जाेड दिदै बिरोध पत्र बुझाएको हुन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता