माओबादी केन्द्रका उपमहासचिव नेता शक्ति बस्नेत जाजरकाेट बाट तेस्राे पटक विजयी

माओबादी केन्द्रका उपमहासचिव नेता शक्ति बस्नेत जाजरकाेट बाट तेस्राे पटक विजयी

मंसिर ८ जाजरकाेट

नेकपा माओवादी केन्द्रका उप महासचिव नेता शक्ति बस्नेत जाजरकाेट बाट  प्रतिनिधिसभा सदस्यमा तेस्राे पटब विजयी भएका छन।

विज्ञापन

जनयुद्धका कुशल कमान्डर रुपमा चिनिएका नेता बस्नेत वामलाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारकाे रुपमा तेस्राे पटक प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन।

नेता बस्नेतले  नेकपा एमालेका  उम्मेदवार निरज आचार्यलाइ फराकिलाे मतले पछाडि पार्दै विजयी  भएका छन। बस्नेतले   ३४ हजार १ सय ५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका  बस्नेत माओवादी संसदीय राजनीतिमा आएपछि २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइ सकेका छन्।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता