रुकुम पूर्व प्रदेशसभा (क) मा स्वतन्त्रबाट पुर्व जनमुक्ती सेनाका कमाण्डर सुरुल पुन बिजयी

रुकुम पूर्व प्रदेशसभा (क) मा स्वतन्त्रबाट पुर्व जनमुक्ती सेनाका कमाण्डर सुरुल पुन बिजयी

मंसिर ६   बिक्रम परियार रुकम पुर्व

रुकुम पूर्व जिल्लाकाे प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा स्वतन्त्रबाट सुरुल पुनमगर (अजयशक्ति) बिजयी भएका छन ।

विज्ञापन

उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माअाेवादी केन्द्रका तेजबहादुर ओलीलाई ५३३ मतान्तरले पछि पार्दै विजयी भएका हुन।

पुनले ४ हजार ४ सय ६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९ सय ३२ मत प्राप्त गरेका थिए ।

पुनकाे चुनाव चिन्ह बिजुलिकाे चिम (बल्ब) रहेको थियो भने ओलीकाे चुनाव चिन्ह हसिया हथौड़ा रहेको थियो ।

बिजयी बनेका पुन नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन उनले पार्टीबाट बिद्राेह गरि स्वतन्त्र उम्मेदवार दिएका थिए ।

उनकाे पक्षमा नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कार्यालय तथा सदस्य भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर (बिरता) लगाएतका नेताहरुकाे समर्थन रहेको थियो भने पुनले (क) नम्बर क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तेजेन्द्र बुढामगर (तेजिलाे) लाई समेत निष्कृय हुने सहमति गरेका थिए ।

सुरुल पुनमगर (अजयशक्ति) माओवादि आन्दोलनका बेला जनमुक्ति सेनाकाे कमान्डरकाे भूमिका समेत निर्वाह गरि लामाे समयसम्म माओवादीकाे राजनीतिमा सक्रिय रहेको पृष्ठभूमि पाउन सकिन्छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता