ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
युद्ध पर्यटन र नमुना बस्ती निर्माणमा पहिलो पहल गर्छु -ज्वाला

युद्ध पर्यटन र नमुना बस्ती निर्माणमा पहिलो पहल गर्छु -ज्वाला

कार्तिक २९ सल्यान

संविधानको रक्षा स्थिर सरकार समृद्ध नेपालका लागि वाम लोकतान्त्रिक गठबन्धनका सल्यान जिल्ला प्रतिनिधि सभाका साझा उमेदवार प्रकास ज्वालाले युद्ध पर्यटन क्षेत्र र गुराँसे नमुना बस्ती बिकासमा पहिलो पहल हुने बताए।

विज्ञापन

छत्रेश्वरी गाउँपालिका वडा नं २ मा आयोजित जनभेटघाट तथा सभालाई सम्बोधन गर्दै ज्वालाले यस्तो प्रतिबद्धता रहने बताएका हुन।

२ नं वडा सहिद भुमि भएकाले यहाँका सहिद परिवार बेपत्ता याेद्धा परिवार घाइते अपागंता भएका योद्धाका लागि सम्मान गर्न सरकारमा हुदा बिभिन्न पहल भएता पनि नमुना बस्ती विकास र युद्ध पर्यटनले पूर्णता नपाएकाले यसका लागि पहिलो पहल रहने प्रतिबद्धता गरेका हुन।

घाइते, अपांगता भएका ब्यक्तिकाे लागि राज्यले सोचेअनुसारको काम गर्न नसकेकाले त्यो वेलाका अधुरा र अपुरा काम यो पटक सम्पन्न गर्ने उनको भनाइ छ ।

यस वडा सहिद भुमि हुनुको साथ साथै पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रमा रहेका गुराँसे, जथाक लेक र चमेरा गुफालाई पर्यटन पुर्वाधार बिकासको लागि पहल गर्ने बताए ।

यस क्षेत्रकाे लागि जीवन मार्गकाे रुपमा रहेको लान्ती लेखपाेखरा दहखाेला गराँसे माेटरबाटाेकाे लागि ठेक्का सम्झाैता भएता पनि ठेकेदारका कारणले काममा ढिला भएकाे तर अब तिब्रगतिमा काम हुनुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ बिद्दुत लगाएतका पुर्वाधार निर्माणका योजना आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए।

२ नं निर्वाचन परिचालन समिती संयाेजक चन्द्र प्रकास केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रमा समाजवादीका केन्द्रिय सदस्य लाेक बहादुर डाँगी माओबादी केन्द्र प्रदेश समिती सदस्य टिकाराम वली तिलक मल्ल राधा शर्मा नेपाली काँग्रेका नेता दिल्ली प्रसाद जैसी माओबादी केन्द्र जिल्ला समन्वय समिती सदस्य प्रेमलाल घर्तीकाे उपस्थिती रहेकाे कार्यक्रमकाे सञ्चालन भिम बहादुर परियारले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता