सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

माघ ८ सुर्खेत –

डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् ।

विज्ञापन

आइतबार बिहान करिब २ बजेतिर भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगर तर्फ जादै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृत्यु हुनेमा गाडी चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका -५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका -५ का ३१ वर्षिय बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका -३ का ३६ वर्षिय राजेन्द्र बीसी छन भने घाइते हुनेमा दैलेखकै भैरवी गाउँपालिका -५ का २६ वर्षिय वीरेन्द्रराज शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

घाइते वीरेन्द्रकाे उपचार प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। गाडीमा ५ जना मात्रै सवार रहेकाे खुलेको छ भने गाडी सडकबाट करिब ७० मिटर तल खसेकाे थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता