बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु
- ई प्रतिबिम्ब
- २०८० बैशाख ६
- 524 views
बुटवल – माक्सवादी ज्ञान केन्द्र केन्द्रिय समितीको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यबस्थापकमा संस्कृति प्रवद्धन कार्यक्रम संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधवारबाट शुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले संस्कृतिलाई आयआर्जन संग जोड्न सकेको खण्डमा संस्कृतिको संरक्षण संगै आर्थिक रुपमा सम्पन्न बन्न सकिने बताए । पछिल्लो समय नेपालका मौलिक रितिरिवाज,संस्कृति र पहिचानको लोप हुदै गएको भन्दै पश्चिमी मुलुकको आयातित संस्कृतिलाई अपनाउने नागरिकको संख्यामा बृद्धि हुदां नेपालको मौलिकपन हराएको बताउदै नेपाली संस्कृति जोगाउने जिम्मा हरेक नागरिकको भएको बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका राज्यमन्त्रि शुशिला श्रीपालीले नेपाल कला संस्कृतिमा विश्वमै नमुना देश भएकाले यसलाई संरक्षण र संवद्धन गरि बाह्य पर्यटक नेपाल भित्राउन सकेमात्र पनि अर्थतन्त्रमा फड्को मार्न सकिने बताईन ।
कार्यशालामा नेपाली समुदायमा रहेका संस्कृति सम्पदा र तिनका पहिचानका आधारहरु ,नेपालका सांस्कृतिक अर्थशास्त्र र उदीयमान समाजवादी क्रान्ति ,मुर्त र अर्मूत सांस्कृतिक सम्पदा र तिनीहरुको अबधारणा ,तथ्याङ्क फारम भर्ने तरिका सहितको समुहगत अभ्यास लगाएतका विषयमा डा. निमानन्द रिजाल , विश्वेश्वर कट्टेल र जनार्दनले सहजीकरण गरेका थिए ।
त्यस्तै कार्यक्रमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्ठराई ,यज्ञ पंगेनी, विमल ब. शाक्य , लगाएतको उपस्थिती रहेको थियो भने विश्वेश्वर कट्टेलको अध्यक्षता तथा हुमानाथ न्यौपानेको सञ्चालनमा भएको कार्यशाला २ दिन सम्म चल्नेछ भने लुम्बिनी प्रदेशका ४५ जनाको सहभागिता रहेको छ
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्