बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

 

बुटवल – माक्सवादी ज्ञान केन्द्र केन्द्रिय समितीको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यबस्थापकमा संस्कृति प्रवद्धन कार्यक्रम संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधवारबाट शुरु भएको छ ।

विज्ञापन

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले संस्कृतिलाई आयआर्जन संग जोड्न सकेको खण्डमा संस्कृतिको संरक्षण संगै आर्थिक रुपमा सम्पन्न बन्न सकिने बताए । पछिल्लो समय नेपालका मौलिक रितिरिवाज,संस्कृति र पहिचानको लोप हुदै गएको भन्दै पश्चिमी मुलुकको आयातित संस्कृतिलाई अपनाउने नागरिकको संख्यामा बृद्धि हुदां नेपालको मौलिकपन हराएको बताउदै नेपाली संस्कृति जोगाउने जिम्मा हरेक नागरिकको भएको बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका राज्यमन्त्रि शुशिला श्रीपालीले नेपाल कला संस्कृतिमा विश्वमै नमुना देश भएकाले यसलाई संरक्षण र संवद्धन गरि बाह्य पर्यटक नेपाल भित्राउन सकेमात्र पनि अर्थतन्त्रमा फड्को मार्न सकिने बताईन ।

कार्यशालामा नेपाली समुदायमा रहेका संस्कृति सम्पदा र तिनका पहिचानका आधारहरु ,नेपालका सांस्कृतिक अर्थशास्त्र र उदीयमान समाजवादी क्रान्ति ,मुर्त र अर्मूत सांस्कृतिक सम्पदा र तिनीहरुको अबधारणा ,तथ्याङ्क फारम भर्ने तरिका सहितको समुहगत अभ्यास लगाएतका विषयमा डा. निमानन्द रिजाल , विश्वेश्वर कट्टेल र जनार्दनले सहजीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्ठराई ,यज्ञ पंगेनी, विमल ब. शाक्य , लगाएतको उपस्थिती रहेको थियो भने विश्वेश्वर कट्टेलको अध्यक्षता तथा हुमानाथ न्यौपानेको सञ्चालनमा भएको कार्यशाला २ दिन सम्म चल्नेछ भने लुम्बिनी प्रदेशका  ४५ जनाको सहभागिता रहेको छ