सुर्खेतमा रैथाने बालीहरुको संकलन तथा बजारीकरण गर्न प्रशोधन केन्द्र (मिल) स्थापना हुने

सुर्खेतमा रैथाने बालीहरुको संकलन तथा बजारीकरण गर्न प्रशोधन केन्द्र (मिल) स्थापना हुने

२०८० माघ ५ सुर्खेत

कर्णाली प्रदेश सरकारको लागानीमा प्रदेशमा उत्पादन हुने रैथाने बालीहरुको संकलन तथा वजारिकरण गर्न प्रशोधन केन्द्र स्थापना हुने भएको छ।

विज्ञापन

कर्णाली प्रददेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेत र नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको  खाद्य व्यवस्था तथा ब्यपार कम्पनी लिमिडेट कर्णाली प्रदेश कार्यालय वीच कर्णाली प्रदेशमा उत्पादन भएका रैथाने बालीहरुको संकलन तथा बजारीकरण गर्न प्रशोधन केन्द्र (मिल) स्थापना हुने दुई पक्षिय सहमति भए पछि प्रदेश राजधानी सुर्खेतमा रैथाने बालीहरुको संकलन तथा बजारीकरण गर्न प्रशोधन केन्द्र (मिल) स्थापना हुने भएको हो।

प्रदेशमा उत्पादन हुने रैथाने बालीहरुको संकलन तथा वजारिकरण गर्न प्रशोधन केन्द्र  स्थापना गर्न गरिएको आयोजना गरिएको समारोहमा  कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको रोहवरमा प्रदेश सचिव नरहरि प्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय सुर्खेतका कार्यालय प्रमुख माधव मिश्र ले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ।

कर्णाली प्रदेशको विशेष प्रकृतिको भूगोल हावापानी तथा कृषकहरुको सामाजिक तथा आर्थिक अवस्थालाइ मध्यजनर गर्दै कर्णाली प्रदेश सरकारको पहिलो बैठकबाट प्रदेशलाइ प्राङ्गारिक प्रदेशको रुपमा स्थापित  गराउने निर्णय भए अनुसार  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश प्राङ्गारिक कृषि प्रवर्द्धन ऐन २०७६ मार्फत आफ्नो निति तथा कार्यक्रममा प्राङ्गारिक कृषि तथा रंथाने वालीहरुको प्रवर्द्धनमा  गर्न मिल स्थापना गरिनेछ।

कर्णाली प्रदेश सरकारको लगानीमा स्थापना हुने प्रशोधन केन्द्रले स्थानिय रैथाने बाली तथा जैविक विविधताको महत्वपुर्ण क्षेत्र बालीहरुको संकलन प्रशोधन  ब्रान्डिङ र वजारीकरणबाट मूल्य अभिवृद्धि गरी सुर्खेतमा अत्याधुनिक प्रविधिसहितको स्वचालित रैथाने वाली प्रशोधन गर्न मिल स्थापना पछि प्रदेशमा उत्पादित रैथाने बालीहरुको स्थानीय तह मार्फत खरिद गरी काठमाडौ लगाएतका शहरमा बजारिकरण गर्दै आएको नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था  तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली किसानको सम्पदा  मुल्यवान लोगो प्रयोग गरी रैथानेवालीहरुको बजारीकरण गर्नेछ।

सहमतिको पुर्ण पाठ अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस  सहमति