शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनकाे लागि समिति गठन

शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनकाे लागि समिति गठन

मंसिर १८ काठमाडौ

शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको छ ।

विज्ञापन

मन्त्रालयले आइतबार नदी किनारमा अव्यवस्थित बसोबास गरेका सुकुमबासी हरुकाे  अध्ययन गरी प्रतिवेदन पेस गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति पनि गठन गरेको हो ।

समितिको सदस्यमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहेका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उपसहायक नदी करिडोर खाली गराउन लागिरहेको बेला शहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । मन्त्री चौधरीले सरोकारवाला निकाय सम्बद्ध प्रतिनिधिसँग छलफल गरेपछि मन्त्रीको निर्देशनमा समिति गठन गरिएको हो ।

दुई दिनअघि मन्त्री चौधरी सुकुमबासीका लागि चंगुनारायणमा बनाइएको सरकारी भवन निरीक्षण गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता