विजयी भए लगतै भाेज भतेर र फूलमालाकाे साटो जस्तापाता बाेकेर असहायका घरमा पुगे नेता किराती
मंसिर १२ भाेजपुर
विजयी भए लगतै भाेज भतेर र फूलमालाकाे साटो जस्तापाता बाेकेर असहायका घरमा नेता सुदन किराती पुगेका छन ।
देशभरीका विजयी नेता हजाराै कार्यकर्ताकाे भिडमा फुलमाला लगाउन र भाेजभतेरमा ब्यस्त भएकाे बेला माओबादी केन्द्रका नेता भाेजपुरबाट प्रतिनिधी सभामा विजयी भए लगतै जस्ता पाता र खाद्यन्न सहित असहायकाे घरमा पुगेका छन।
सानै उमेरमा आमा बेपत्ता भइन। त्यसपछि बुवा क्यान्सरको बिरामी भएर धेरै समय थलिए । अन्तत: गत चैत्रमा बुबाको निधन भयो । उमेर पुगेका दुई दिदीहरूले पहिले नै विवाह गरे ।
कान्छी दिदी घरमा खाना लाउन र पढ्न समस्या भएपछि ९ कक्षामा पढ्दा पढ्दै ज्यान पाल्नकै लागि घरेलु काम गर्न काठमाडौं लागिन् । अनि १५ वर्षका सुजित र १३ वर्षका सुदीप साँच्चिकै बेसहारा जस्तै बने ।
कुनै चलचित्रको दर्दनाक कहानी जस्तो लाग्ने यो कथा भोजपुर षडनन्द नगरपालिका वडा नम्बर १० साम्पाङ छाप्ले गाउँको हो । बेसहारा बनेका यी दुई दाजुभाइको सहारा भोजपुरबाट नव निर्वाचित सांसद सुदन किराती बने ।
आफू निर्वाचित भएपछि कुनै नारा जुलुस र विजय सभा नगर्ने घोषणा गरेका सांसद किरातीले विजय भोजमा हुने खर्चले असहाय दुःखी पीडितहरूको फुसको छाना हटाएर जस्ता पाता लगाई दिने बाचा गरेका थिए ।
आफ्नो वचन पूरा गर्न आइतबार किराती जस्तापातासँगै खाद्यान्न सामग्रीसहित सुजित र सुदीपलाई भेट्न साम्पाङ पुगेका हुन् । सुदीपको दलनमा सहयोग लिएर सांसद किराती पुगेपछि दुई दाजुभाइ मात्रै हैन गाउँले समेत हर्षित बने ।
उनीहरूले भने, ‘हाम्रा सांसद जस्तै अन्य सांसद पनि भइदिएको भए देशभरी बाटै गरिबीकाे अन्त्य हुन्थ्यो होला ।आफ्नो वाचा पुरा गर्न जस्तापाता सुदन पुगे अशहायको घरमा
सांसद किरातीले सुजित र सुदीपका बारे स्थानीय पार्टी कार्यकर्ताबाट जानकारी लिएका थिए । आफै उनीहरूको घरमा पुग्दा साँच्चीकै उनीहरूको अवस्था निक्कै दयनीय पाएको किरातीले बताए ।
‘दुई दाजुभाइ अर्काको खेत अधियाँ गरेर खाने रहेछन् । एक हल गोरु पालेका उनीहरूले अरुकै खेतबारी पालैपालो जोतेर स्कुल पनि पालो गरेर नै जाँदा रहेछन् । झ्याँपाेखरीकाे शारदा माविमा सुजित ८ र सुदीप ७ मा पढ्ने उनीहरूको घर बर्खामा चुहिएर बस्नै नसकिने रहेछ’, उनले भने ।
सुजित र सुदीपको पढाईका लागि समेत आगामी दिनमा सहयोग र पहल गर्ने बताएका किरातीले विजयी जुलुसमा हुने खर्च कटाएर हतुवागढी गाउँपालिकामा समेत एक घरमा जस्ता पाता लगाइ दिने बताएकाछन् । उनले भनेका छन्, ‘एक जना सांसदले एक/दुई जनालाई सहयोग गर्दैमा हुने त केही हैन तर यसले निर्माण गर्ने संस्कृति निक्कै महत्वपूर्ण छ ।’
‘हामीले गरेको विकासले धनी र पुँजीपति बर्गलाई मात्रा सहज भएको छ । गरिब र भुँई मान्छेहरूको दिन दैनिकी झनै कष्टकर छ । म यो प्रण गर्छु की यी भुइ मान्छेहरूको आवाजलाई सदनमा घन्काउने छु’, उनले भने ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा