सल्यानकाे कालीमाटी गाउपालिकाले गर्याे जेष्ठ नागिरक सम्मान
असार २१ सल्यान
सल्यानकाे कालीमाटी गाउपालिकाले जेष्ठ नागिरकलाइ सम्मान गरेकाे छ। गाउपालिका वडा नं ३ का ७ जना जेष्ठ नागरिकलाइ आर्थिक वर्ष ०७७/७८काे जेष्ठ नागिरक सम्मान कार्यक्रम बाट सम्मान गरिएकाे हाे। वडा नं ३ मा ७० बर्षमाथीका जेष्ठ नागरिक सख्या १२९ जना भएता पनि ८० वर्ष माथीमा ७ जना जेष्ठ नागरिकलाइ गाउपालिका अध्यक्ष दानबहादुर केसी उपाध्यक्ष सहनसिलता वली डिसी प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्री र ३ नं वडा अध्यक्ष विर बहादुर वलीले दाेसल्ला झुल छाता र यतायात खर्च नगद रु १ हजार दिइ सम्मान गरेका हुन।

सम्मान कार्यक्रममा सहभागी ८७ बर्षिय झुपा क्षेत्री थापाले हामी जस्ता नागिरककाे भाेट पाएर सत्तामा पुगेकाले कहिल्यै नफर्किएकाे र अहिलेकाे स्थानिय सरकारले हामीलाई प्रत्येक बर्ष सम्मान गरेकाले स्थानिय सरकार जेष्ठनागरिक प्रति जिम्मवारी भएकाे बताइन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा