छत्रेश्वरी गाउपालिका उपाध्यक्ष सिता केसीले गरिन लिफ्ट खानेपानी उद्धघाटन

छत्रेश्वरी गाउपालिका उपाध्यक्ष सिता केसीले गरिन लिफ्ट खानेपानी उद्धघाटन

असार १९ सल्यान

सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नं २ काे रेख्याेहालेमा आज डिङ्नाेगाडे लिफ्ट खानेपानी याेजनाकाे गाउपालिका उपाध्यक्ष सिता केसी एक कार्यक्रममा विच उद्धघाटन गरेकी छिन ।

विज्ञापन

गाउपालिकाकाे आर्थिक बर्ष०७७/०७८ काे बार्षिक बजेट रु २८ लाखकाे लागतमा उक्त याेजना वडा नं २का जनप्रतिनिधी तथा वडा अध्यक्ष प्रेम बहादुर खड्काकाे पहलमा उक्त खानेपानी याेजना निर्माण कार्य सम्पन्न भएकाे हाे।

१ घण्टा पैदल यात्रामा डाेकाेमा खानेपानी बाेकेर खानेपानी खान बाध्य भएका २८ घरधुरी लावान्धित हुने लिफ्ट खानेपानी याेजनाले गाउपालिकाकाे वडा नं२ र वडा नं ५ का वडामा खानेपानी समस्या सामाधान गरेकाे छ।

खानेपानी समस्यामा रहेका २८ घरधुरीलाइ लिफ्ट खानेपानी याेजना बाट पहिलाे पटक सफल रुपमा खानेपानी धारा घर घरमा पुर्याउनु सफल भएकाे वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए।

दैनिक खानेपानीकाे लागी गाग्री बाेक्ने समस्या सामाधान भएकाे भन्दै उपाध्यक्ष सिता केसीले नागरिककाे लागी स्थानिय सरकार जहिले पनि समस्या सामाधान गर्न तयार भएकाे र अब काेही नागरिक खानेपानी समस्याबाट बञ्चित नहुने बताइन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता