गुल्मीमा घर नजिकै किन बसेकाे भन्दै सापकाेटा  परिवारबाट कुटिय दलित दम्पती

गुल्मीमा घर नजिकै किन बसेकाे भन्दै सापकाेटा परिवारबाट कुटिय दलित दम्पती

२०७८ श्रावन ५ गुल्मी

गुल्मीकाे मुसीकाेट नगरपालिका निवासी एक दलित दम्पती लाइ वामी टक्सारकै सापकाेटा परिवारले घर नजिक बसेकै कारण कुटपिट गरेका छन।

विज्ञापन

असार मसान्त काे दिन सापकाेटाकाे घर नजिक बसेका ती दम्पतीलाई हाे हल्ला गरेकाे भन्दै घर धनी सापकाेटाले तिमिहरु डुम दलित हाै भन्दै कुटपिट गरेकाे दलित अधिकार कर्मी कमला परियारले बताइन ।

सापकाेटा परिवारवाट कुटिएका दम्पती तेजबहादुर दमाई र चित्रकला दमाइले आफु निर्दाेश भएकाे र सापकाेटा परिवारले तिमीहरु दलित डुम भन्दै दुर्ब्यबहार गरेकाे रआफुमाथी हातपात समेत गरेकाले न्यायकाे लागी इलाका प्रहरि कार्यलय वामी जाहेरी दिएकाे तर वामी भएकाे छलफल बाट पिडित दम्पतीले आफुमाथी चित्तबुझ्दाे छलफल नभएकाे भन्दै आफुमाथी भएकाे दुर्ब्यबहारकाे सत्यतथ्य छानविन तथा उचित उपचार न्यायकाे माग गर्दै जिल्ला प्रहरी कार्यलय गुल्मीमा जाहेरी दिइएका छन ।

सापकाेटा परिवार बाट कुटिएकी चित्रकला दमाइ

सापकाेटा परिवारले निज दाम्पतीलाइ लाठी चार्ज गरी मरनासन्न हुने गरी कुटपिट गरेकाे र दलित महिलामाथी हातपात समेत गरेकाले गरेकाले निज सापकाेटा परिवारलाइ जातिय बिभेद तथा छुवाछुत कसुर सजाय ऐन २०६८ तथा महिला माथी हुने दुर्ब्यबहार कसुर अनुसार कार्वाहीकाे माग गरिएकाे छ।

तर उक्त जाहेरी उपर छलफल पछि मात्रै दर्ता गर्ने भनेकाे ले दलित माथी हुने सबैखाले जातिय बिभेद अन्त्य तथा समाजिक न्याय प्राप्तकाे लागी गुल्मी जिल्ला मा हुने सम्पूर्ण अभियान कर्ता र दलित सगठन का अगुवा राजनीति दलहरुले यस घटनामा सहयाेग गर्न तथा पिडित लाइ न्याय र पिडकलाइ सजायकाे भागीदारी बनाउन सहयाेग गर्न अधिकारकर्मी कमला परियार प्रेरणाले फेसबुक मार्फत जानकारी गरेकी छिन ।

उनले आफ्नाे फेसबुक वालमा लेखेकी छिन अब दलित समुदायकाे मुक्तीकाे लागी हामी सधै घटनाकाे साक्षी मात्रै भयर दलित समुदायएकाे बिभेद र उत्पिडन अन्त्य नहुने भएकाले यसका लागी सिङ्गाे दलित समुदाय अब समता मुलक समाज निर्माण काे लागी आन्दोलित हुनु पर्ने बताएकी छिन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता