मोटरसाईकलमा सवार सुनारलाई दुर्लभ   रेडपाण्डाकाे छाला सहित दाङ बाट प्रक्राउ

मोटरसाईकलमा सवार सुनारलाई दुर्लभ रेडपाण्डाकाे छाला सहित दाङ बाट प्रक्राउ

साउन ४, सल्यान

रा ४ प ९८५० नम्बरको मोटरसाईकलमा सवार सुनारलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशाकका प्रहरीले दुर्लभ रेडपाण्डाकाे छाला सहित दाङ बाट पक्राउ गरेकाे हाे ।

विज्ञापन

सोमबार मध्यान्ह १२ बजेतिर सुनारलाई दाङकाे घोराही उपमहानगरपालिका वडा नं. ११ खैराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मुकुन्द रिजालले बताए ।

बरामद भएको रेडपाण्डाको छाला पुच्छरदेखि टाउको सम्म ३ फिट ३ इञ्च लामो र छातिको भागको चौडाई ८ इञ्चको रहेको प्रहरीले जनाएको छ । बरामद छाला नङग्रासहितको छ ।

दाङमा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका ३२ बर्षीय लोकमान सुनार रहेका छन् ।

सुनार बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सात दिन भित्रै प्रहरीले दाङबाट दूईवटा रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

यसअघि दाङमा रेडपाण्डाको छाला सहित यसरी मानिस पक्राउ परेका घटना सार्वजनिक भएका थिएनन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता