तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम सम्पन

तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम सम्पन

 

बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयको आयोजनामा तीन महिनासम्म सञ्चालन भएको तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम मंगलवार सम्पन्न भएको छ ।
मौलिक कलालाई जोगाउन वडामा रहेका महिला तथा पुरुषका लागी उक्त तालिम सञ्चालन गरिएको वडा अध्यक्ष बल बहादुर पुनले बताए । वडाले विनीमयोजन गरेको रकम पक्कै पनि खेर जाने छैन र आफुले सिकेको सिपलाई व्यवहारमा लागू गर्दै निरन्तर रुपमा अगाडी लैजान अनुरोध गर्दै आगामी दिनमा अझ प्रभावकारी कामहरू ल्याउने बताए।

विज्ञापन

वडाले ३३ जनालाई दुई वटा हार्मोनियम र चार वटा मादल समेत हस्तान्तरण गरेको छ ।तालिममा उत्कृष्ट हुनेलाई पुरस्कारको समेत ब्यबस्था गरिएको थियो । मादलमा बसन्त मल्ल प्रथम, दोस्रो शान्त गौतम र तेस्रो दिलीप पुन मगर रहेका छन् भने हार्मोनियम तर्फ चनु ऋेष्ठ प्रथम , दोस्रो झक बहादुर पुन र तेस्रो नैना पौडेल भएका थिए ।
समापन कार्यक्रमका अध्यक्ष यमुना काउचा ले सिकेको सिपलाई निरन्तरता दिँदै अगाडि बढ्न र कला सस्कृतिको संरक्षण गर्न आग्रह गर्दै सबैलाइ बधाई दिदै समापन गरेका थिए