ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
रिब्दीकोट गाउँपालिकाको   १४ औं गाउँ सभाको अधिवेशन  सूरु

रिब्दीकोट गाउँपालिकाको   १४ औं गाउँ सभाको अधिवेशन सूरु

बुटवल -पाल्पाको रिब्दीकोट गाउँपालिकाको   १४ औं गाउँ सभाको अधिवेशन आज बाट सूरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा गाउँ सभाको प्रारम्भ भएको हो ।गाउँ सभाको पहिलो बैठकमा वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओम प्रसाद पोखरेल, राजेन्द्र नेपाल, दुर्गा ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

सभाको पहिलो बैठकमा रिब्दीकोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८० माथी छलफलको लागि सभामा निर्णयार्थ पेश समेत भएको गाउँ पालिकाका रोजगार सहायक शिव पोखरेल जानकारी दिनुभयो ।

गाउँ सभाको १४ औं अधिवेशन  उपाध्यक्ष कान्ता अधिकारी प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल गाउँसभाका सदस्यहरु, गाउँ कार्यपालिकाको कार्यालयका सम्पुर्ण कर्मचारी र पत्रकार एवं सुरक्षाकर्मीको उपस्थितिमा सभाको पहिलो बैठक रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको थियो