गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

बुटवल – अन्तर प्रदेश  भ्रमणमा रहनु भएको गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर , उप सभामुख मेनुका खाड केसी, प्रदेश सभा सदस्य मिना बुढामगर, मिना कुमारी श्रेष्ठ प्रदेश सभा सचिब दुर्लभ कुमार पुन लगायतले उहाँहरुलाई स्वागत गर्नुभयो । गण्डकी प्रदेश सभाका माननीय सभामुख ज्युको टोलिले लुम्बिनी प्रदेश सभाहलको अवलोकन गर्नुका साथै अनुभव साटासाट अन्तरकृया समेत भयो ।

विज्ञापन

कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय सभामुख घर्ती मगरले प्रदेश सभा र स्थानीय तहलाई जोड्ने उदेश्यले स्थानीय तहसंग प्रदेश सभा, प्रदेश सभामा बिद्यार्थी पहुँच कार्यक्रम गरिएको जानकारी गराउनुहुदै यसको सकारात्मक प्रभाव परेको बताउनु भयो ।

त्यसै गरि गण्डकी प्रदेशका सभामुख धितालले आफुले अस्ट्रेलियाको संसद मोडेल हेरेको त्यहाको संघीयतामा भन्दा नेपाली मोडेल नंया र सभामा बढी समाबेशि रहेको बताउनु भयो । उहाँले लुम्बिनी प्रदेश सभाको भौतिक संरचना बेलायती मोडेल भएको आफुले पाएको उहाँले बताउनु भयो । ।

गण्डकी प्रदेश सभाका सचिब हरि प्रसाद पोख्रेलले लुम्बिनी प्रदेशबाट सिक्नु पर्ने कुरा धेरै भएको बताउनु भयो । उहाँले कर्मचारीको अभावका बीच पनि प्रदेश सभाको काम कार्बाही राम्रो गरेको बताउनु भयो ।