सैनामैना-४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राख्ने काम सम्पन्न

सैनामैना-४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राख्ने काम सम्पन्न

सैनामैना नगरपालिका-४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ ।
सैनामैना वडा नं. ४ को आयोजना तथा मुर्गिया बजार टाेल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका क्षेत्रमा विभिन्न प्रकारका विरुवा, फूलका गमला र ट्रि बार (जाली) राखीएको हो ।

मुर्गिया बजार टाेल विकास संस्थाका अध्यक्ष देवीदत्त सुवेदीले मुर्गिया सिसौडाँडा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तरगत विभिन्न प्रकारका ८४ वटा विरुवा, ५७ वटा गमला र २० वटा ट्रि बार (जाली) सडकका दुवैतर्फ लगाइएको छ ।उहाँका अनुसार गतवर्ष पनि कपुर र फुलका विरुवा रोपण तथा रोड मार्किङ सहितको हरियाली प्रबर्द्धन कार्यक्रम गरिएको बताउनुभयो ।

विज्ञापन

वडालाई हरियालीमय बनाउने उद्देश्यले वडाका टाेल र क्षेत्रमा धुपी, समी, कपुर तथा गमला सहित फूलको बिरुवा रोपेको सैनामैना -४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो ।

सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले विरुवा रोपण कार्यक्रमले वातावरण स्व्च्छ र सुन्दर बनाउने बताउनुभयो ।
प्रमुख शर्माले जन्मदिन तथा पुण्य तिथिमा हामीले एउटा विरुवा रोप्ने अभियानमा लाग्यौं भने प्राकृतिको संरक्षण साथै सुन्दरता पनि कायम गर्न सकिने बताउनुभयो ।
वडा र टाेलकाे सक्रियतामा चलाइएको अभियानमा सबै जनसमुदायको सहभागीताको आवश्यकता औंल्याउदै यस्ता अभियानले समग्र सैनामैना नगर नै हरियाली र समृद्ध बन्ने जिकिर गर्नुभयो ।
उहाँले विभिन्न संघसस्थाले दिवस पारेर वृक्षरोपण गरिएको हुन्छ, तर संरक्षण हुना नसक्दा धेरै बिरुवा हुर्कनै पाउँदैनन् । बोटबिरुवा रोपेर मात्रै हुँदैन यसको संरक्षणप्रति हामी आफै उत्तरदायी छौँ भन्ने भावनाको विकास हुन जरुरी बताउनुभयो ।
प्रत्येक घर अगाडि राखीएको विरुवा सहितको गमलालाई स्वयम् घरनजिकैको घरपरिवारले मलजल हेरदेख गरेर विरुवा संरक्षण गर्नुपर्ने मेयर शर्माले जोड दिनुभयो ।

वडा र टाेल विकासले चलाएको वृक्षरोपण अभियान सराहनीय रहेकोमा प्रशंास गर्दै विरुवा लगाएर मात्रै हुदैन त्यसको संरक्षणमा पनि सबै नागरिक लाग्नुपर्ने उपप्रमुख विना रानाले बताउनुभयो ।
उहाँले हरीयालीयुक्त नगर निमार्णमा बिषेश योजना सहित नगरपालिका अगाडी बढेको समेत बताउनुभयो ।

मुर्गिया बजार टाेल विकास संस्थाका अध्यक्ष देवीदत्त सुवेदीको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता नगर उपप्रमुख विना राना तथा सैनामैना -४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको विशिस्ट आतिथ्यता, वडा सदस्यद्वय तेजप्रसाद सुवेदि र निशा परियार, सैनामैना नगरपालिका योजना शाखा प्रमुख सुरज न्यौपाने, मुर्गिया खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष प्रेम बहादुर बानियाको आतिथ्यता तथा टाेल विकास सस्थाका पदाधिकारी र जनसहभागिताको सक्रियतामा विरुवा लगाइएको हो ।

सैनामैना वडा नम्बर ४ को विनियोजित बजेटमध्ये २ लाख र टाेल विकासकाे २५ हजार रुपैयाको लागतमा विरुवा लगाइएको हो ।
कार्यक्रमको सञ्चालन टोलविकासका सचिव हरि शर्माले गर्नुभयो ।