कञ्चनका स्वास्थ्य क्षेत्रको अनुगमन तथा छलफल कार्यक्रम समपन्न

कञ्चनका स्वास्थ्य क्षेत्रको अनुगमन तथा छलफल कार्यक्रम समपन्न

 

बुटवल ः ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल र फेयरमेड फाउन्डेसन नेपाल द्धारा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत जिल्ला परियोजना सल्लाहकार समितिको अनुगमन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम कञ्चन गाउँपालिकाको वडा नम्वर २ मा सम्पन्न भएको छ ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले रुपन्देहीको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको बताए । सहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा स्वास्थ्यमा सुधार भएको बताउदै पछिल्लो समयमा समाजका हरेक व्यक्ति स्वास्थ्य प्रति सजक र सचेत बन्दै गएका कारण स्वास्थ्य क्षेत्रमा सकरात्मक परिवर्तन भएको बताए ।ग्रामिण एरियामा संचालन भएका स्वास्थ्य चौकिहरुमा बेड संख्या थप्दै र सेबा सुबिधालाई बढाउदै गुणस्तरिय सेबा दिदै अगाढी बढ्नु पर्ने समेत जिल्ला समन्वय समितिका प्रमुख चापाईले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले नागरिकहरुले प्रभावकारी ढंगवाट सेवा पाउनु निकै राम्रो भएको बताए । आगामी दिनमा गुणस्तरिय सेवा दिदै अगाढी बढ्नु पर्नेमा समेत जोड दिए ।

विज्ञापन

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले हेल्पोस्टमा आउने सेबाग्राहीहरुलाई कुनै चिजमा कमी नहुने गरि काम गरेको बताए ।
फेयर मेड फाउन्डेसन नेपालका टिम लिडर शशीलाल कडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन योजना बनाएर अगाडि बढ्ने बताए । क्षय रोगीहरु अझै पनी लुकेर रहेकाले अझै खोज्नु पर्ने बताए । गर्भवती जाच र बालबालिका तौल कार्यक्रमलाई अझै व्यापक रुपमा बढाउदै लैजानु पर्ने बताए ।
इन्द्रणी ग्रामिण बिकास केन्द्र र फेयर मेड फाउन्डेसनले आधारभुत स्वास्थ्य परियोजना संचालन गरेपछी लुकेर बसेका देखिन नचाहेका कुष्ट रोगीहरु आफै सम्पर्कमा थालेको र स्वास्थ्य कार्यालय सम्म आउन थालेको छलफलमा सहभागीहरुले बताए ।

कार्यक्रम ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका सल्लाहकार विष्णु गौतम र आधारभुत स्वास्थ्य परियोजना रुपन्देहीका अधिकृत किरण श्रेष्ठको समेत सहभागीता रहेको थियो ।ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल र फेयरमेड फाउण्डेसन नेपालको सहकार्यमा २०२१ देखी स्व ः हेरचाह कार्यक्रम सुरु भएको थियो ।