रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

रुपन्देही, कार्तिक १८ ।

रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन ।

विज्ञापन

निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनबाट प्रतिनिधिसभा तर्फ उम्मेद्वार भएका नेपाली काँग्रेसका नेता भरतकुमार शाह र ५ को १ बाट लुम्बिनी प्रदेशसभा सदस्य उम्मेद्वार विनोद पहाडीले कञ्चन गाउँपालिका अन्र्तगत हरैया, रुद्रपुर, सालघारी, प्रतापपुर, झिगनिया, शोभा, शान्तिपुर, कार्कीटोल, धौलागिरी चौक र सैनामैना नगरपालिकाको वडा न. १० को फुलबारी, पानबारी, आधिखोला लगायतका क्षेत्रमा घरलौ गरेका हुन ।

मतदाताहरुले निर्वाचन क्षेत्रको दीगो विकास, शिक्षा, स्वास्थ्य, अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको गुनासो राखेका थिए ।

कञ्चन गाउँपालिकाको हरैयामा शुक्रबार आयोजित घरदैलौमा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार शाहले आफूले सांसद भएकै कारण सडक पूर्वाधार विकास भएको बताउँदै शिक्षा, स्वास्थ्य र सुकुम्बासी समस्या सम्बोधन गर्ने बताए । उनले कञ्चनलाई फाईदा हुने गरि कालिदह भन्सार नाका खुलाउने प्रयास भइरहेको समेत बताए ।

शाहले कञ्चन क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार समेत गठबन्धनको बन्दा विकासले फड्को लिने विश्वास लिए । कार्यक्रममा निर्वाचन क्षेत्र न. ५ को १ का प्रदेशसभा सदस्य उम्मेद्वार विनोद पहाडीले निर्वाचन क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्यमा निर्वाचन क्षेत्रलाई अब्बल बनाउँदै पूर्वाधार विकास गर्ने बताए । उनले संविधान, गणतन्त्रमाथि नै खतरा उत्पन्न भएपछि गठबन्धन बनेको बताउँदै आफूहरु जनताको पक्षमा उभिने बताए ।

गठबन्धन दलहरुले घरदैलोमा जनताको कुरा सुन्दै योजना बनाउने प्रतिबद्धता समेत जनाएका छन । निर्वाचन क्षेत्र न. ५ को प्रतिनिधिसभा तर्फ काँग्रेसका भरतकुमार शाह, प्रदेशसभा १ तर्फ नेकपा माओवादीका विनोद पहाडी र २ तर्फ काँग्रेसका फकरुद्धिन खाँन चुनावी मैदानमा भिडेका छन् । दैनिक भेटघाटमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको उपस्थिती रहेको छ ।