मतदाताको घरदैलोमा मत माग्दै उमेदवारहरु

मतदाताको घरदैलोमा मत माग्दै उमेदवारहरु

१६ कात्तिक

बुटवल – वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । उनीहरुले मतदाताहरुको समस्या सुन्ने र आफ्ना एजेण्डका विषयमा प्रष्टसँग जनतालाई बुुझाउँदै हिडेका छन् । रुपन्देही क्षेत्र नं ५ मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन दलका उम्मेद्धारहरुले साझा एजेण्डा बनाएर मतदाता समक्ष पुुगेका हुन् ।रुपन्देही क्षेत्र नं .५ मा सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काङ्ग्रेसका नेता भरत कुमार शाह , प्रदेश सभा क्षेत्र नं. ५ (१) का उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिनोद पहाडी चुनावी साझा एजेण्डा लिएर मतदातासँग भोट माग्न मतदाताको घर सम्म पुगेका छ्न । घरदैलोका क्रममा मतदाताले गठबन्धन दलका उम्मेदवारलाई नै भोट दिने भन्दै आफुहरुलाई थप उत्साह थपिएको उम्मेदवारहरुको भनाई छ । उनीहरुले आफ्नो क्षेत्रको १/२ मा पुग्दा जनता गठबन्धकै पक्षमा देखिएकाले आम निर्वाचन आफुुहरुले सहजै जित्ने बताएका छन् ।

विज्ञापन

प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं.५ का उम्मेदवार भरत कुमार शाहले निर्वाचनको मिति नजिकिदै जाँदा जनताहरु गठबन्धनको पक्षमा उभिएको बताए । कन्चन गाउपालिकाको वडा न ५ मा रहेको पुरानो थारु बस्तिलाई पर्यटकको केन्द्र बनाउन पहल गर्ने बताए । सदियौ बर्ष देखि बसोबास गरेका आदिवासी समुदाएको सस्कृती , भेषभुषा तथा भाषालाई संरक्षण र सम्बर्द्धन गर्न आगामी दिनमा संघ र प्रदेश सरकार सङ्ग समन्वय गरेर काम गर्ने बताए । त्यस्तै नेपाल भारत सिमा नाकालाई ब्यबस्थित तथा मोटर बाटो र कृषिका लागि सिंचाइ सङ्गै मलखात को बिशेष ब्यबस्थापनका लागि सरकार तथा छिमेकी मुलुक सङ्ग सहकार्य गरि किसानलाई कृषि पेशामा आत्म निर्भर बन्ने वातावरणको सिर्जना गर्ने बताए ।समृद्धिको लागि आर्थिक क्रान्तिसहित सुशासनको नयाँ अभियान चलाउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई यस पटक मत दिन उम्मेदवार शाहले मतदाताहरुलाई आग्रह गरे ।

यस्तै प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नं. ५ (१) का उमेदवार बिनोद पहाडीले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन । उनले सैनामैना , कन्चन र गैडहवाका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग अपिल गरेका हुन ।पहाडीले समृद्धि, सुशासन, समावेशिता प्राप्त गर्न गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे । भेटघाट कार्यक्रममा पहाडिले आफूले पछाडी परेको वर्ग समुदाय र न्याय समानता र राज्यको पहुँचबाट टाढा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउन संविधानसभा सदस्य भएर महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै अब यश क्षेत्रलाई पर्यटकिय, खेलकुद क्षेत्रको हव तथा भौतिक सङ्गै मानबिय विकासले फड्को मार्दै नमुना क्षेत्रको रुपमा स्थापित गर्याउने दाबी गरे । संविधानको रक्षा र कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा गठबन्धन दलका उमेदवार र आफुलाई गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि बिजयी गर्याउन आग्रह गरे ।