४ कम्युनिष्ट पार्टी द्वारा भाद्र ७ गते नेपाल बन्दकाे घाेषणा
- epratibimba .com
- २०७९ भाद्र ६
- 464 views
६ भाद्र,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले भाद्र ७ गतकोे आह्वान गरिएको नेपाल बन्दकाे घाेषणा गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले एक संयुक्त विज्ञप्ति जारी गर्दै भाद्र ७ गते नेपाल बन्दकाे घाेषण गरेका हुन ।
४ कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता,असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै भाद्र ७ गतेको नेपाल बन्द आह्वान गरेका छन् ।
४ पार्टी द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विगत लामो समयदेखि ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, जनतन्त्र, जनजीविका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका विरुद्धमा संयुक्त संघर्षको दौरानमा रहेको र यहि २०७९ भदौ ७ गते ‘नेपाल बन्द’को आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि आवश्यक सहगोग गरिदिन आग्रह गर्दछौं ।”
जारी विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाएतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको भन्दै उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएकोले यो कुरा निकै खेदजनक, षड्यन्त्रमुलक र मुलुकलाई जर्वरजस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको उल्लेख गरिएको छ ।
नेकपा सहित चार दलले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज हुन माग गरेका छन । उनीहरुले राष्ट्रहित विपरित रहेका सवै असमान सन्धि तथा सम्झौताहरु खारेज गर्न पनि माग गरेका छन ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्