४ कम्युनिष्ट पार्टी द्वारा भाद्र ७ गते  नेपाल बन्दकाे घाेषणा

४ कम्युनिष्ट पार्टी द्वारा भाद्र ७ गते नेपाल बन्दकाे घाेषणा

६ भाद्र,काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले भाद्र ७ गतकोे आह्वान गरिएको नेपाल बन्दकाे घाेषणा गरेका छन ।

विज्ञापन

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले एक संयुक्त विज्ञप्ति जारी गर्दै भाद्र ७ गते नेपाल बन्दकाे घाेषण गरेका हुन ।

४ कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता,असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै भाद्र ७ गतेको नेपाल बन्द आह्वान गरेका छन् ।

४ पार्टी द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विगत लामो समयदेखि ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, जनतन्त्र, जनजीविका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका विरुद्धमा संयुक्त संघर्षको दौरानमा रहेको र यहि २०७९ भदौ ७ गते ‘नेपाल बन्द’को आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि आवश्यक सहगोग गरिदिन आग्रह गर्दछौं ।”

जारी विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाएतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको भन्दै उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएकोले यो कुरा निकै खेदजनक, षड्यन्त्रमुलक र मुलुकलाई जर्वरजस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको उल्लेख गरिएको छ ।

नेकपा सहित चार दलले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज हुन माग गरेका छन । उनीहरुले राष्ट्रहित विपरित रहेका सवै असमान सन्धि तथा सम्झौताहरु खारेज गर्न पनि माग गरेका छन ।