वालिका सशक्तिकरणमा आमा तथा जनप्रतिनिधीहरुको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न

वालिका सशक्तिकरणमा आमा तथा जनप्रतिनिधीहरुको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न

१ पुष २०७८

बुटवल—दलित महिला संघ (फ्रडो ), करुना जर्मनीको सहयोगमा कर्मठ वालिका परियोजना द्धारा सञ्चालित रिड नेपाल, ग्रिन तारा नेपाल दलित महिला संघ (फ्रडो )रुपन्देहिको संयुक्त साझेदारीमा वालिका सशक्तिकरणमा आमा तथा जनप्रतिनिधीहरुको भुमिका बिषयक २ दिने गेष्ठि तथा अन्तरक्रिया सम्पन्न भएको भएको छ ।

विज्ञापन

उक्त अवसरमा प्रशिक्षक रिमा बिसीले वालिका तथा किशोरीहरुको चौतर्फी विकासका लागि आमाको सबै भन्दा महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।समाजमा छोरीलाई अझै पनि दोस्रो नागरिककै रुपमा हेरिने हुदां हरेक क्षेत्रमा पछाडि परेको बताउदै अब वालिकाहरुलाई शिक्षा, स्वास्थ लगायतका बिषयमा परिवारले नै जोड दिनु पर्ने उहांको भनाई छ । बिसीले बालिका सशक्तिकरणका लागि घर,परिवार,समाज र राज्यले खेल्नु पर्ने भुमिका तथा अधिकार र कर्तव्यका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहभागिहरु दलित महिला जनप्रतिनिधीहरुले समाजमा अझै पनि आफुहरुको नेतृत्व स्विकार नगरेको गुनासो गर्नुभयो । उहांहरुले हामीले जानेका बुझेका कुरा गर्न खोजे पनि तिमीहरुले केहि जान्दैनौ भन्ने किसिमको व्यबहार गरि योजना तर्जुमा,बजेट बिनीयोजन जस्ता सवालमा खासै सहभागि नगराउने गरेको भए पनि पछिल्ला दिनहरुमा भने हामी आफै लडेर भए पनि पछाडि परेको वर्ग समुदायको क्षेत्रमा बजेट विनियोजन गरि काम गरेको भन्दै समुदाय र सम्बन्धित पालिका संग हातेमालो गर्न तयार रहेको प्रतिबद्धता समेत गर्नुभयो ।

त्यस्तै सहभागि आमाहरुले आफना वालिका तथा किशोरीहरुको जीवन उपयोगी सिप सिकाएको भन्दै संस्थालाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरु मासिक रुपमा हुनुपर्ने आवश्यकता समेत औल्याएका थिए ।
दलित महिला संघ (फ्रडो )रूपन्देहीका अध्यक्ष मनु खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम संस्थाका कार्यक्रम संयोजक साबि बिकले सञ्चालन गर्नुभएको थियो । २ दिने प्रशिक्षणमा आमा तथा दलित महिला जनप्रतिनिधी गरि ३० जना सहभागी थिए ।