ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने

बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने

मङ्सिर २७, २०७८

अम्बिका परियार

विज्ञापन

बुटवल –बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सुचना जारी गरी मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ ।

सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सो अवधीमा बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९.३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ।