माओवादी केन्द्र रेसुङ्गा नगर अध्यक्षमा गिता थापा निर्वाचित

माओवादी केन्द्र रेसुङ्गा नगर अध्यक्षमा गिता थापा निर्वाचित

१२ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

बुटवल। नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट महिला नेतृ गिता थापा अध्यक्षमा निर्वाचित भएकी छन् ।सम्मेलनले थापाको अध्यक्षतामा ५० सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छ ।समितिको बरिष्ठ उपाध्यक्षमा सिता बिश्वकर्मा, उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, गिरि प्रसाद महाकिम , सचिवमा भरत पन्थी, सह सचिव गोपाल मरासिनी र कोषध्यक्षमा खड्क श्रेष्ठ निर्वाचित भएका छन ।

सम्मेलन माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालको प्रमुख आतिथ्यतामा समपन्न भएको थियो । माओवादी केन्द्रले देशैभर २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने कार्यक्रम तयारि गरेको छ भने पुसमा ११र१३ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।