ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
माओवादी केन्द्र मालिका गाउँपालिकाको अध्यक्षमा अर्याल चयन

माओवादी केन्द्र मालिका गाउँपालिकाको अध्यक्षमा अर्याल चयन

१२ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ ।

दोस्रो गाउँपालिका सम्मेलनले देवीराम अर्यालको अध्यक्षयतामा ६ सदस्य मनोनीत गर्ने गरी ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।शनिबार सम्पन्न सम्मेलनले सर्वसम्मतमा पदाधिकारी चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम भट्टराई , सुर्य बहादुर बुढा ,तेज बहादुर सोनार रहेका छन् भनेसचीवमा सुर्य बहादुर जिसि , सह सचिबमा मेहेन्द्र बिक र कोषाध्यक्षमा दीपा गिरी महतारा चयन भएका छन् ।

२०५७ देखी माओवादीको पुर्णकालीन कार्यकर्ता बनेका अर्याल २०५८ सालमा मुसिकोटको चौकी आक्रमणकाक्रमा घाइते समेत भएका थिए । सम्मेलनमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री शुदर्शन बराल,लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धि जिसि, धुर्कोट गाउँपालिकका इन्चार्ज भुपाल पोख्रेल , अखिल नेपाल महिला संघ क्रान्तिकारी गुल्मीका अध्यक्ष बिनिता रोका पोख्रेल लगायतको सहभागीता रहेको थियो ।