रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु
२५ कात्तिक २०७८
अम्बिका परियार
सैनामैना रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु गरिएको छ । सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका विच सो कार्यक्रमको सुरुवात गर्नु भयो । आफ्नो तथा आफ्नो घर परिवारको सहि विवरण जनगणनामा खटिने सुपरिवेक्षक र गणकहरुलाई दिई सहयोग गर्न नगरवासीलाई नगर प्रमु्ख कार्कीले आग्रह गर्नु भयो ।
जनगणनालाई मर्यादित तरिकाले र निर्धारित समयमै गर्न सुपरिवेक्षक र गणकहरुलाई सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आग्रह गर्नु भयो ।
जनगणनामा सैनामैनाका ११ वटा वडामा ७१ वटा गणक क्षेत्रका लागि १८ जना सुपरीवेक्षक र ७४ जना गणक खटिएका छन् । जनगणना कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म संचालन हुने छ । आज देखि देशभर जनगणना कार्य सुरु भएको छ ।


















प्रतिकृया दिनुहोस्