रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु

रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु

२५ कात्तिक २०७८

अम्बिका परियार

विज्ञापन

सैनामैना रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु गरिएको छ । सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका विच सो कार्यक्रमको सुरुवात गर्नु भयो । आफ्नो तथा आफ्नो घर परिवारको सहि विवरण जनगणनामा खटिने सुपरिवेक्षक र गणकहरुलाई दिई सहयोग गर्न नगरवासीलाई नगर प्रमु्ख कार्कीले आग्रह गर्नु भयो ।

जनगणनालाई मर्यादित तरिकाले र निर्धारित समयमै गर्न सुपरिवेक्षक र गणकहरुलाई सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आग्रह गर्नु भयो ।

जनगणनामा सैनामैनाका ११ वटा वडामा ७१ वटा गणक क्षेत्रका लागि १८ जना सुपरीवेक्षक र ७४ जना गणक खटिएका छन् । जनगणना कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म संचालन हुने छ । आज देखि देशभर जनगणना कार्य सुरु भएको छ ।