जातीय विभेद अन्त्यका सर्वपक्षिय रुपमा हातेमालो गर्न जरुरी

जातीय विभेद अन्त्यका सर्वपक्षिय रुपमा हातेमालो गर्न जरुरी

११ कार्तिक २०७८

अम्बिका परियार

विज्ञापन

बुटवल— जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि लुम्बिनीका प्रदेश सांसदहरुले सर्वपक्षिय रुपमा हातेमालो गर्न जरुरी रहेको जनाएका छन । जागरण मिडिया सेन्टरले आज बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनीका प्रदेश सांसदहरुले कानुन निर्माण गरि जातीय भेदभाव र सामाजिक विभेदलाई अन्त्य गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले सामाजिक परिवर्तन संस्थागत गर्न राजनीतिक दलहरु चुकेको बताए ।उनले अहिले नेपालमा दलित समुदायले वडामा समेत चुनाव जित्ने अवस्था नरहेको बताउँदै समाज पछाडि फर्केको भन्दै लुम्बिनी प्रदेशका सांसदहरुले जातीय छुवाछुत अन्त्यका लागि संसदमा सकंल्प प्रस्ताव ल्याउन सुुझाव दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले दलित समुदायको समस्या राज्यको समस्या भएकाले प्रत्येक नागकिरले घर र चुल्होबाट नै अभियान थाल्नुपर्ने बताईन । उनले मिडियाले समेत आफूहरुले दलित तथा सिमान्तकृत समुदायको बिषयमा बोल्दा त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताईन ।

लुम्बिनी प्रदेशका सांसद कमला विश्वकर्माले जुनसुकै पार्टी सरकार गएपनि त्यहाँभित्रका दलित समुदाय सधै प्रतिपक्षीय भूमिकामा रहनुपरेको बताईन ।‘एमाले, माओवादी, काँग्रेस अन्य सबै दल सरकारमा पुुग्यो, तर हामी सधैं किन विद्रोही हुनुपरिरहेको छ’ उनले प्रश्न गर्दै भनिन–‘दलहरुको सोँचमा किन परिवर्तन आएन, परिवर्तन संस्थागत भएन ।’ दलित समुदायको घटनामा अन्य सांसदहरु बोल्दै नबोल्ने स्थिती देखा परेको उनले बताईन । ‘अपराधको आधारमा होईन, कसको मान्छे हो, त्यसको आधारमा होडबाजी समाजमा देखिएको छ’ उनले भनिन ।

त्यस्तै अर्का प्रदेशसभा सदस्य गीता थापाले आफ्नो पार्टीले विभेदको सदैव विरुद्धमा रहेको बताईन । उनले प्रदेशसभामा समेत जातीय भेदभावका बिषयमा सदनमा समेत कुरा उठाएको बताईन । कानुन निर्माणको पाटोमा कार्यान्वयमा फितलो हुनसक्ने स्विकार गर्दै आफूहरुले विभेद र हिंसाका बिषय उठाउने उनले बताईन । कार्यक्रममा अर्का सांसद जाल्पा भुसालले सामाजिक संरचना निकै जकडिएको बताउँदै यसको अन्त्य जरुरी रहेको बताईन । उनले आफूू प्रत्यक्ष रुपमा गाउँमा समेत छुवाछुत विरुद्धको आन्दोलनमा होमिएको बताईन । तर, अझै पनि विभेद अन्त्य हुन नसकेकाले यसका विरुद्ध सांसद मात्रै होईन सिंगो समुदाय पनि लाग्नुपर्नेमा जोड दिईन ।

यस्तै लुम्बिनी प्रदेशका सांसद पुुष्पा चौधरीले समाजमा विभेद अझै हट्न नसकेको भन्दै परिवर्तन जनप्रतिनिधिले नै गर्नुपर्ने बताईन ।उनले हालै गृहमन्त्रालयले समेत जातीय छुवाछुत अन्त्यका लागि हेल्प डेस्क स्थापना गर्ने सूचना जारी गरेकाले त्यसको कार्यान्वय गर्ने तर्फ सबै सचेत हुनुपर्ने बताईन ।तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एचवि रम्तेलले नेपालमा राजनीतिक परिवर्तन भएपनि त्यसलाई व्यवस्थापन गर्न नसकिएको बताए । अहिले समाजमा जातकै कारण दलित समुदाय चुनावमा खुल्ला रुपमा प्रतिस्पर्धा गर्ने ढोका दलहरुले बन्द गरेको बताए ।

कार्यक्रममा अभियान्ता सुमित्रा बरालले सामाजिक रुपमा अझै पनि विभेदको पिडा भोग्नुपरेको गुनासो गरिन । कार्यक्रम जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, अम्बिका परियारको सञ्चालनमा भएको कार्यक्रममा बिषयस्तुका बारेमा विनोद परियारले प्रकाश पारेका थिए ।