मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा

मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा

२७ मंसिर २०७८

बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर २९ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

विज्ञापन

‘सो मितीमा नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था, सम्पूर्ण सामुदायिक तथा संंस्थागत विद्यालय, क्याम्पस लगायतका सरकारी÷सामुदायिक संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’–सूचनामा भनिएको छ । बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सम्बद्ध सबैलाई कार्यलय परिसरमा उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।