बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

कपिलवस्तु जिल्लाकाे बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा तिन कराेड बढी लागतमा निर्माण गरेकाे पक्की पुलकाे मेयर केशब कुमार श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन ।

नगरपालिकाकाे वडा नं १० स्थित घाेराही नालामा लाेहराैला देखि अलिनगर गाउँ जाेड्ने गरी निमार्ण गरिएकाे उक्त पक्की पुल मेयर श्रेष्ठले उद्धघाटन गरेका हुन । बहुवर्षिय आयाेजना अन्तर्गत २ वर्ष लगायर ३ कराेड ३३ लाख ६२ हजार ५८० रुपयाँ लागतमा उक्तपुल निर्माण गरिएकाे नगरपालिकाले जनाएकाे छ।बषाैदेखि घाेराही नालाले स्थानियलाइ बर्षाकाे समयमा दुख दिने समस्या सामाधान गर्न २० दशमव ५ मिटर लामाे र ७ दशमलव २० मिटर चाैडा पक्की पुल निर्माण गरिएकाे बताएकाे छ। उक्तपुल निर्माणबाट बुद्धभुमी र ताैलिहवा आवतजावत गर्न निकै सजिलाे भएकाे बताएकाे छ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता